नाडा र प्रादेशिक एसोसिएसन बिच वृहत अन्तरक्रिया सम्पन्न, समसामयिक विषयमा छलफल

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, चितवन अटोमोबाइल्स एसोसिएसन र नाडा प्रादेशिक एसोसिएसनका अध्यक्षहरुबिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा वृहत छलफल भएको थियो ।

सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडी बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला वोर्डरले पारेको समस्याहरुको सम्बन्धमा, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरु विचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसहरुको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरुका सम्बन्धमा र चितवन अटोमोवाइल डिलर्स एसोसिएसन (काडा) ले आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरुमा क्रमबद्ध रुपमा छलफल गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए ।

सो कार्यक्रममा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुब थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दिपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ्ग अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी चितवन अटोमोबाइल्स एसोसिएसनका तर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोबाइल्स एसोसिएसनका तर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो । त्यस्तै चितवन अटोमोवाइल डिलर्स एसोसिएसन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कूल ३९ जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम संञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरे । यस किसिमका कार्यक्रहरुले नाडा र नाडा प्रदेश एसोसिएसनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ ।

सम्बन्धित समाचारहरू

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो...

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

काठमाडौं – भोलि देखि राजधानीको भृकुटी मण्डपमा प्रारम्भ हुने नाडा ईभी...

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...