शैक्षिक र अन्य संस्थाको रोजाइमा ईभी भ्यान, बढ्दै लोकप्रियता

पछिल्लोसमय नेपालमा ईभी भ्यानहरू विभिन्न शैक्षिक संस्था र होटलहरूका लागि पहिलो छनोट र प्राथमिकतामा पर्न थालेका छन् । सञ्चालन लागत घटाउनेदेखि इन्धन र मर्मतसम्भार खर्चहरू पनि कम गर्ने हुनाले यसले संस्थाहरूलाई आर्थिक रूपमा पनि आकर्षक विकल्प प्रदान गरेको छ।

फोटोनका ईभी भ्यानका अघिल्ला संस्करणहरूले एउटै शैक्षिक सत्रमा १०० भन्दा बढी इकाईहरू बिक्री भई विद्यालय यातायातको लागि सबैभन्दा भरपर्दो र रूचाइएको ईभी भ्यानको रूपमा आफूलाई प्रमाणित गरिसकेको छ। उपत्यकाका युरो स्कुल, युनाइटेड, संस्कृति, हेराल्ड कलेज, टेक्सास इन्टरनेशनल कलेज, जेम्स, काठमाडौं वर्ल्ड स्कुल लगायत देशभरका विभिन्न विद्यालयले विद्यार्थीको यातायातका लागि फोटोनको ईभी सञ्चालन गर्दै आएका छन्।

हालै जारी भएको फोटोनको नयाँ संस्करण माउन्टेन ईभीमा सबैभन्दा उन्नत सुरक्षा सुविधाहरू समावेश गरिएको छ । नेपालमा पहिलो पटक भित्रिएको यस गाडीले आरामदायी र सुरक्षित ड्राइभिङको भरोसा दिलाउँछ । नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।

नेपाली बजारमा पहिलोपटक भित्रिएको ईभी भ्यान दिगो डाँफे हो । चीनको प्रख्यात अटो निर्माता डिएफएसकेले उत्पादन गर्ने यो भ्यानलाई दिगो ग्रुप अफ कम्पनीले नेपाली नाम दिएर विगत ३ वर्षदेखी आयत गर्दै आएको हो । १४ सिट क्षमता भएको डाँफेमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

इलेक्ट्रिक कार नेटा भीलाई बजारमा उतारेर नेपालको अटो बजारमा प्रवेश गरेको सिजी मोटर्सले केवाईसी र लिङलङ ब्राण्डका ईभी आयत गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने केवाईसी भ्यानमा ११ जना यात्रुले यात्रा गर्न सक्नेछन् भने यसमा ४१.८६ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । 

यसैगरी सिजी मोटर्सले नै आयत गर्ने अर्को ब्राण्ड किङलङ १४ र १९ सिट क्षमतमा उपलब्ध छ । जसमध्ये १४ सिटरमा ५०.२३ किलोवाट आवरको ब्याट्री तथा ८० किलोवाट क्षमताको मोटर दिइएको छ भने १९ सिटर भ्यान ७० किलोवाट आवरको ब्याट्री प्याक र ९० किलोवाट क्षमताको मोटर जडान भएर आउँछ । 

पुजा कन्स्ट्रक्सनले ल्याएको एसआरएम भ्यानमा ११ जना यात्रुले यात्रा गर्न सक्नेछन् । यो भ्यानमा ४१.८६ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर दिइएको छ । 

टाटा लाइट कमर्सियल र किया गाडीको डिलरसिप संचालन गर्दै आएको शशिला मोटर्सपनि ईभी भ्यान आयतमा होमिएको छ । यो कम्पनीले चीनबाट हाइगर ब्राण्डको १४ सिटर भ्यान आयत गरी बिक्री थालेको हो । ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडित छ । 

प्यासेन्जर कार र सार्बजनिक यातायातमा प्रयोग हुने भ्यान र ट्याक्सीलाई लगभग ईभीले विस्थापन गरिसकेको छ भने टु–ह्विलरमा यो सेग्मेन्ट खासै सफल हुन सकिरहेको छैन । प्यासेन्जर करमा ६० प्रतिशत बढी हिस्सा ईभीले लिएको सन्दर्भमा भ्यान र ट्याक्सी पनि विस्तारै ईभीको कब्जामा जान थालेको हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...