यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी सार्वजनिक भएको छ । भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नेक्सन, ईभी पारखीका लागि चासोको विषय बन्दै आइरहेको थियो । हाल बजारमा उपलब्ध ईभीको तुलनामा सस्तो मूल्यका साथ नेपाल भित्रिने अपेक्षाका कारण पनि यो एसयूभीमा ईभी पारखीको चासो बढेको हो ।

डिजेल र पेट्रोलबाट चल्ने एसयूभीमा समेत राम्रो प्रभाव पार्न सफल टाटा नेक्सन नेपाली अटो बजारमा लोकप्रिय बनिरहेको छ । यसै मोडलको ईभी भर्सन नेपाल भित्रिने पक्कापक्की भएपछि कतिपय अटो पारखीले लामो सयमदेखि यसको प्रतीक्षा गरिरहेका थिए । यद्यपि भरतीय बजारमै माग धान्न नसकिरहेका कारण यो एसयूभी नेपाल भित्रिन झन्डै १ वर्ष ढिलो भयो ।

नेक्सन ईभीलाई भिन्न ३ भेरिएन्टमा उपलब्ध गराइएको छ । जसमध्ये बेस भेरिएन्ट एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरिएन्टमा डुअल एयरब्याग, ईबीडी सहितको एबीएस, कर्नरिङ स्टाबिलिटी कन्ट्रोल, १६ इन्चको स्टिल ह्विल, एलईडी डीआरएलएस, किलेस इन्ट्रि एन्ड गो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्रन्ट एन्ड रियर पावर विन्डोज र टाटा कनेक्टेड कार एप्लिकेसन सुइट जस्ता फिचर्स समावेश गरिएको छ ।

त्यसैगरी मिडियम भेरिएन्टको एक्सजेड प्लसमा रिभर्स पार्किङ क्यामेरा, डुअल टोन रुफ, १६ इन्च डायमन्ड कट अलोय ह्विल, फगल्याम्प विथ कर्नरिङ एबिलिटी, इलेक्ट्रिकल्ली एडजस्टेवल एन्ड फोल्डिङ ओआरभीएमएस, लेदर ¥याप्ड स्टेयरिङ ह्विल, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम तथा भ्वाइस कमान्ड जस्ता फिचर्स थप गरिएको छ । यो भेरिएन्टको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेक्सन ईभीको टप भेरिएन्ट अर्थात एक्सजेड प्लस लक्जरीमा पावर सनरुफ, अटोमेटिक हेडलाइट, रेन सेन्सिङ वाइपर, ड्राइभ र स्पोर्ट मोड सहितको मल्टि ड्राइभ मोड, प्रिमियम गुणस्तरको सिटहरु, ६ तरिकाबाट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, कुल्ड ग्लोभ बक्स र आठवटा स्पिकर भएको हर्मन साउन्ड सिस्टम थप गरिएको छ । यो एसयुभीको मूल्य नेपाली बजारमा ३९ लाख ९९ हजार तोकिएको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङको प्राथमिकतामा नेपाली अटो बजार, अध्यक्ष वाङको नेतृत्वमा उच्चस्तरीय टोलीको भ्रमण

डोङफेङको प्राथमिकतामा नेपाली अटो बजार, अध्यक्ष वाङको नेतृत्वमा उच्चस्तरीय टोलीको भ्रमण

काठमाडौं– डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी...

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...

सवारी साधनका हर्न अब मधुर संगीतमा

सवारी साधनका हर्न अब मधुर संगीतमा

शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...