उत्कृष्ट डिजाइन अवार्ड जित्ने इलेक्ट्रिक बाइक
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी सार्वजनिक भएको छ । भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नेक्सन, ईभी पारखीका लागि चासोको विषय बन्दै आइरहेको थियो । हाल बजारमा उपलब्ध ईभीको तुलनामा सस्तो मूल्यका साथ नेपाल भित्रिने अपेक्षाका कारण पनि यो एसयूभीमा ईभी पारखीको चासो बढेको हो ।
डिजेल र पेट्रोलबाट चल्ने एसयूभीमा समेत राम्रो प्रभाव पार्न सफल टाटा नेक्सन नेपाली अटो बजारमा लोकप्रिय बनिरहेको छ । यसै मोडलको ईभी भर्सन नेपाल भित्रिने पक्कापक्की भएपछि कतिपय अटो पारखीले लामो सयमदेखि यसको प्रतीक्षा गरिरहेका थिए । यद्यपि भरतीय बजारमै माग धान्न नसकिरहेका कारण यो एसयूभी नेपाल भित्रिन झन्डै १ वर्ष ढिलो भयो ।
नेक्सन ईभीलाई भिन्न ३ भेरिएन्टमा उपलब्ध गराइएको छ । जसमध्ये बेस भेरिएन्ट एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरिएन्टमा डुअल एयरब्याग, ईबीडी सहितको एबीएस, कर्नरिङ स्टाबिलिटी कन्ट्रोल, १६ इन्चको स्टिल ह्विल, एलईडी डीआरएलएस, किलेस इन्ट्रि एन्ड गो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, फ्रन्ट एन्ड रियर पावर विन्डोज र टाटा कनेक्टेड कार एप्लिकेसन सुइट जस्ता फिचर्स समावेश गरिएको छ ।
त्यसैगरी मिडियम भेरिएन्टको एक्सजेड प्लसमा रिभर्स पार्किङ क्यामेरा, डुअल टोन रुफ, १६ इन्च डायमन्ड कट अलोय ह्विल, फगल्याम्प विथ कर्नरिङ एबिलिटी, इलेक्ट्रिकल्ली एडजस्टेवल एन्ड फोल्डिङ ओआरभीएमएस, लेदर ¥याप्ड स्टेयरिङ ह्विल, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम तथा भ्वाइस कमान्ड जस्ता फिचर्स थप गरिएको छ । यो भेरिएन्टको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नेक्सन ईभीको टप भेरिएन्ट अर्थात एक्सजेड प्लस लक्जरीमा पावर सनरुफ, अटोमेटिक हेडलाइट, रेन सेन्सिङ वाइपर, ड्राइभ र स्पोर्ट मोड सहितको मल्टि ड्राइभ मोड, प्रिमियम गुणस्तरको सिटहरु, ६ तरिकाबाट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, कुल्ड ग्लोभ बक्स र आठवटा स्पिकर भएको हर्मन साउन्ड सिस्टम थप गरिएको छ । यो एसयुभीको मूल्य नेपाली बजारमा ३९ लाख ९९ हजार तोकिएको छ ।
ब्रिटिश कम्पनी ज्याप इलेक्ट्रिक भेइकलको इलेक्ट्रिक सिटी बाइक ज्याप आई३००...
बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...
नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...