आयो हुन्डाई प्यालिसेडको दोस्रो जेनेरेशन, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो फ्ल्यागशिप एसयूभी पालिसेडको दोस्रो जेनेरेशन सार्बजनिक गरेको छ । सो नयाँ जेनेरशेनमा हुन्डाईले बक्सी र अपराइट डिजाइन दिएको छ । जसका कारण नयाँ प्यालिसेड रेन्ज रोभर–एस्क जस्तै देखिएको छ । साथै यसमा पुरानो मोडलको तुलनामा केही लामो ह्वीलबेस समेत दिइएको छ । एसयुभीको अगाडि छोटो ओभरह्याङ र स्ट्रेच्ड रियर ओभरह्याङ पनि पाउन सकिन्छ ।

एसयुभीको एक्सटेरियरमा एलईडी डिआरएलसंगै ठाडो–स्ट्याक गरिएको आयताकार एलईडी हेडल्याम्प, ठूलो ग्रिल, फ्लेर्ड व्हील आर्च, सिल्भर–फिनिश्ड डी–पिलर, ठाडो–स्ट्याक टेल लाइट, रुफ इन्टिग्रेटेड स्पोइलर, मिनिमल टेलगेट डिजाइन र पछाडीको बम्परको तल्लो भागमा फक्स स्किडप्लेट समावेश छन् ।

नयाँ प्यालिसेठको इन्टेरियरमा पूर्ण रूपमा फ्रेस क्याविन र ड्यासबोर्ड लेआउट राखिएको छ । इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टर स्क्रिनहरू ड्यासबोर्डको माथिल्लो भागमा र्यापराउन्ड डिजाइनका साथ सजाइएको छ । ड्यासबोर्डको तल्लो भागमा एयर कन्ट्रोल भेन्टहरू र फिजिकल स्विचहरू छन् । एसयुभीमा वायरलेस चार्जर, १०० वाट क्षमताको युएसबी चार्जिङ आउटलेट र स्टोरेज क्यूबी लगायत सुबिधा दिइएको छ ।

हुन्डाइले पहिलोपटक प्यालिसेडलाई ९–सीटर कन्फिगरेसनमा प्रस्ताव गरेको छ । अगाडिको सेन्ट्रल कन्सोलले यसलाई थप सिटको रूपमा प्रयोग गर्न अनुमति दिने जनाइएको छ । साथै यसको दोस्रो पङ्क्तिमा व्यक्तिगत कुर्सी तथा बेन्च सीट र तेस्रो पङ्क्तिमा ६०ः४० स्प्लिट बेन्च सिट राखिएको छ । यसको पावरट्रेन अप्सन भने सार्बजनिक गरिएको छैन ।

प्यालिसेड नेपाली बजारमा समेत बिक्री हुँदै आएको सबैभन्दा महंगो हुन्डाई मोडल हो । नेपाली बजारमा यसको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...

आधिकारिक रुपमा सार्वजनिक भयो हुन्डाई एक्सटर, खुल्यो बुकिङ

आधिकारिक रुपमा सार्वजनिक भयो हुन्डाई एक्सटर, खुल्यो बुकिङ

हुन्डाईले आफ्नो माइक्रो एसयूभी एक्सटरलाई आज भारतीय बजारमा सार्वजनिक...

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

हुण्डाई नेपालले सुरु गर्‍यो ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ सर्भिस क्याम्पेन

काठमाडौं – हुण्डाई नेपालले ‘मुभिङ टुआर्डस् न्यु नर्मल’ कार्यक्रमको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...