हिरोले ल्यायो नयाँ भिडा भीटु इलेक्ट्रिक स्कुटर, कम मूल्यमा बलियो रेन्ज

हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भी१ को अपडेटेड संस्करण भिडा भी२ लन्च गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर नयाँ रेन्जको भी२ लाइट, भी२ प्लस र भी२ प्रो गरी तीन भेरिएन्टमा ल्याएको छ । भी२ लाइट नयाँ भेरिएन्ट हो ।

भी२ लाइट सबैभन्दा सस्तो स्कुटर हो, जसमा २.२ किलोवाट ब्याट्री जडान गरिएको छ, जसले ९४ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसको टप स्पिड ६९ किलोमिटर प्रति घण्टा छ, जबकि प्लस र प्रो भेरिएन्टको टप स्पिड क्रमशः ८५ र ९० किलोमिटर प्रति घण्टा छ । सो स्कुटरले ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टासम्मको गति लिन्छ । यसमा ७ इन्चको डिजिटल टीएफटी टचस्क्रिन रहेको छ । साथै एलईडी प्रोजेक्टर हेडल्याम्प रहेको छ ।

भिडा भी२ रेन्जको प्रारम्भिक मूल्य ९६ हजार भारु राखिएको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ भने ब्याट्री प्याकमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी रहेको छ ।

भी२ प्रो भेरिएन्ट एक पटक पूर्ण चार्ज गरेपछि ९४ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । नयाँ हिरो भिडा भी२ इलेक्ट्रिक स्कुटर रेन्जले इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा एथर रिज्टा, एथर ४५०एक्स, ओला एसवन रेन्ज, बजाज चेतक र टीभीएस आईक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

हिरो मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट, डाउनपेमेन्ट नगरी बाइक किन्न सकिने

काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य...

माइलेजको हिरो : जसको माइलेज ८० किमी सम्म छ

माइलेजको हिरो : जसको माइलेज ८० किमी सम्म छ

स्टाइलिश र शानदार माइलेज भएको हिरो एचएफ डिलक्स बाइकलाई ‘माइलेजको हिरो’...

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...