वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन । यो वर्षको अन्तिम महिना डिसेम्बरमा होन्डा, टोयोटा, किया र हुन्डाई जस्ता कम्पनीले आफ्ना नयाँ कार लन्च गर्ने तयारी गरिरहेका छन् ।

स्कोडा काइल्याक

स्कोडाले सब-कम्प्याक्ट एसयूभी काइल्याकको प्रारम्भिक मूल्य घोषणा गरेको छ । यसको बुकिङ पनि सुरु भइसकेको छ ।

काइल्याकमा १०.१ इन्च टचस्क्रिन, ८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, अटो एसी र वायरलेस फोन चार्जर जस्ता फिचर उपलब्ध छ । सेफ्टीका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र रियर पार्किङ क्यामेरा समावेश छ । यसको सबै भेरिएन्ट १.० लिटर टर्बो पेट्रोल इन्जिनले सुसज्जित छ, जसले अधिकतम ११५ बीएचपी पावर उत्पादन गर्नेछ। यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन समावेश गरिएको छ ।

होन्डा अमेज

होन्डाले डिसेम्बर ४ मा आफ्नो नयाँ पुस्ताको अमेज लन्च गर्न तयारी गरिरहेको छ । कम्पनीले हालै नयाँ अमेजको डिजाइन स्केच जारी गरेको छ, जुन होन्डा सिटी जस्तै देखिन्छ। नयाँ अमेजमा ठुलो टचस्क्रिन, वायरलेस फोन चार्जर र लेनवाच क्यामेरा जस्ता फिचर प्रदान गरिएको छ। सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र रियर पार्किङ क्यामेरा स्ट्यान्डर्डको रूपमा समावेश छ ।

यसमा पुरानो मोडलकै १.२ लिटर इन्जिन यथावत रहन सक्छ । अमेजको पुरानो संस्करणमा नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ। सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन वा सीभीटी अटोमेटिक गियरबक्सको साथमा उपलब्ध छ ।

टोयोटा क्याम्री

टोयोटाले सन् २०२३ को अन्त्यमा नेक्स्ट जेनेरेशन क्याम्रीलाई विश्वव्यापी रूपमा सार्वजनिक गरेको थियो । अब कम्पनीले डिसेम्बर ११ मा यसलाई भारतीय बजारमा लन्च गर्ने सम्भावना छ । नयाँ क्याम्रीमा ठुलो ग्रिल, शार्प एलईडी हेडलाइट, टेललाइट र नयाँ १९ इन्च अलोय ह्विल समावेश छ । यसको इन्टेरियरमा १२.३ इन्च टचस्क्रिन र १२.३ इन्च ड्राइभर डिस्प्ले रहेको छ । नयाँ क्याम्रीमा १० इन्चको हेड-अप डिस्प्ले, प्यानोरामिक सनरुफ, टेलिमेटिक्स, कनेक्टेड कार टेक्नोलोजी, ड्युअल जोन एसी र मेमोरी फङ्सनसहितको पावर र भेन्टिलेटेड/हिटेड सिट समावेश छ ।

सो कारलाई बलियो हाइब्रिड सिस्टमसँग जोडिएको छ। यसमा २.५ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले २३२ पीएसको पावर जेनेरेट गर्छ । नयाँ मोडल फ्रन्ट ह्विल ड्राइभ संस्करणमा पनि आउनेछ जसको पावर आउटपुट २२५ पीएसको हुनेछ ।

किया साइरोस

कियाले भारतमा किया साइरोस एसयूभी लन्च गर्ने तयारी गरेको छ। कम्पनीले सो एसयूभी डिसेम्बर १९ मा लन्च गर्ने पुष्टि गरेको छ । साइरोसमा सोनेट जस्तै पावरट्रेन विकल्प प्रयोग गर्ने अनुमान छ, जसमा ८३ पीएस १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, १२० पीएस १ लिटर टर्बो पेट्रोल इन्जिन र ११६ पीएस १.५ लिटर डिजेल इन्जिन समावेश छ ।

फिचरका लागि यसमा ड्युअल डिस्प्ले सेटअप, अटो एसी, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस फोन चार्जर हुन सक्छ । सेफ्टीका लागि ६ एयरब्याग, आईसोफिक्स चाइल्ड सिट एन्कोरेज, रिभर्सिङ क्यामेरा र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल समावेश हुनेछ । यसको मूल्य लगभग ९ लाख भारु हुनेछ ।

हुन्डाई क्रेटा ईभी

हुन्डाईले जनवरी २०२५ मा क्रेटा ईभी लन्च गर्ने पुष्टि गरेको छ । कम्पनीले यसको टिजर पनि जारी गरेको छ । कम्पनीले क्रेटा ईभीको ब्याट्री प्याक र इलेक्ट्रिक मोटरको बारेमा अहिलेसम्म कुनै जानकारी खुलाएको छैन । यद्यपि रिपोर्टका अनुसार यसको ब्याट्रीले ४०० किलोमिटर भन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभीको पहिलो झलक सार्वजनिक गरेको छ ।...

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालको इलेक्ट्रिक टु ह्विलर बजारमा ठूला कर्पोरेट हाउसको प्रवेश, अब पालो बजाज र टीभीएसको

नेपालमा इलेक्ट्रिक स्कुटर आयात हुन थालेको लगभग २ दशक समय बितिसकेको छ ।...

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...