फेला परे काठमाडौं उपत्यकाबाट हराएका २७ मोटरसाइकल, गरियो हस्तान्तरण

काठमाडौँ - ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ मोटरसाइकल र नौ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उनले कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरेका सवारी साधनलाई आज धनीलाई बुझाइएको बताए । कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नँयाबसपार्क, सोह्रखुट्टे, मालिगाँउ, मङ्गलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट फेला पारेको थियो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका सवारी साधन नम्बरप्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए । ट्राफिक प्रहरीले हालसम्म २१० दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनिलाई बुझाइसकेको छ । यस्तै सवारी साधन चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय तथा वृत्तमा पठाइसकेको प्रवक्ता चर्तुवेदीले बताए ।

ट्राफिक प्रहरीले आव २०७९–८० मा ४९९ र २०८०–८१ मा ४१७ दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनिलाई बुझाइसकेको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न सबैलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

सडक दुर्घटनामा एक वर्षमै २०० बालबालिकाले अकालमै ज्यान गुमाए

काठमाडौँ – नेपालमा सडक दुर्घटनाले बालबालिकाको भविष्य खोस्दै गएको छ।...

जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित

जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित

काठमाडौं – काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा सवारीसाधनलाई...

ट्राफिक कारबाहीमा राजस्व संकलन प्राथमिकताः असारमा मात्र चालकले तिरे १२ करोड भन्दा बढी

ट्राफिक कारबाहीमा राजस्व संकलन प्राथमिकताः असारमा मात्र चालकले तिरे १२ करोड भन्दा बढी

काठमाडौं – नेपाल प्रहरीले असार महिनामा ट्राफिक नियम उल्लंघन विरुद्धको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...