अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले श्रीमती एलिजा गौतमलाई नेपालको पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स (जे६) डेलिभरी तथा हस्तान्तरण गरेको छ । एलिजा गौतम नेपाली चलचित्र निर्मात्री, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबीटी मोटर्समा एक कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई सो एसयूभी हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी हो, जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटी सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र स्पोर्टी डिजाइनले गर्दा अन्य प्रतिस्पर्धी एसयूभीहरूभन्दा छुट्टै स्तरमा रहेको कम्पनीको दावी छ ।

यसका अलावा, जेसिक्समा रहेको ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज, ६५.६९ किलोवाट आवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफरोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटी सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ । जेइको जेसिक्स ओमोडा एन्ड जेइकोको प्रिमियम र लङ रेन्जको इलेक्ट्रिक एसयूभीहरूको लाइनअपमा थपिएको नयाँ एसयूभी हो ।

नेपाली बजारमा गत फेब्रुअरी २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको र सो ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको बताइएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइको अटोमोबाइलको नेपालका लागि आधिकारिक वितरक हो ।

सम्बन्धित समाचारहरू

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं – जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई...

सन् २०२७ सम्ममा ईभीको मूल्य पेट्रोलियम कार भन्दा निकै सस्तो हुने तथ्य सार्वजनिक

सन् २०२७ सम्ममा ईभीको मूल्य पेट्रोलियम कार भन्दा निकै सस्तो हुने तथ्य सार्वजनिक

केही वर्षमा ब्याट्रीबाट चल्ने सवारीसाधन पेट्रोल–डिजेलबाट चल्ने सवारी...

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...