सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत डाउनपेमेन्टमै किन्न पाइने भएको छ । सुरुवती मुल्य ५८ लाख ५० हजार तोकिएको एवोन वाईलाई अव ग्राहकले ५ लाख ८५ हजार डाउनपमेन्ट गरी बाँकी रकमलाई किस्तावन्दिमा भुक्तानी गर्न पाउनेछन् ।
एवोन वाईको बिक्री बढाउन सिजी मोटर्सले हाल प्रचलनमा रहेको २० प्रतिशत डाउनपमेन्टलाई घटाएर १० प्रतिशतमा झारेको हो ।
एवोन वाईमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम छ ।
एवोन–वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।
सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
काठमाडौं– सीजी मोटर्सले नेपालमै पहिलोपटक ७ अन्तर्राष्ट्रिय विद्युतीय...
काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...