जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा टीभीएस र प्रोटोन लगायतका सवारी साधन बिक्री गरिरहेको शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा ईभी भित्र्याउने भएको छ । जगदम्बा मोटर्सले जेएमईभी ब्रान्डको नयाँ ईभी नेपाल भित्र्याउने अन्तिम तयारी गरेको छ ।

जगदम्बा मोटर्सले ल्याउने जेएमईभीको जीएसई इलाईट ईभीमा ९९ किलोवाटको मोटर हुनेछ । यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

जेएमईभीको जीएसई इलाईट ईभी राइड कम्पनीले राइड ह्यान्ड ड्राइभमा उपलब्ध गराएको फोर डोर फाइभ सिट सेडान हो । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६७५, १८३५ र १४८० एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

यो गाडीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ४२० किलोमिटर (एनईडीसी) रेन्ज दिन्छ । सीसीएस–२ चार्जिङ पोर्ट सपोर्ट गर्ने यो गाडीलाई ३० मिनेटमा फास्ट चार्जरमार्फत ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

जीएसई इलाईट ईभीमा रियर पार्किङ राडार, ३६० डिग्री अराउन्ड भ्यु मिरर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट वार्निङ, किलेस इन्ट्री, प्यासिभ इन्ट्री प्यासिभ स्टार्ट (पीईपीएस), रिमोट कि, रेन सेन्सिङ वाइपर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबीएस, ईबीडी, ईएससी, ईबीए, एचएसए लगायतका विभिन्न फिचर छन् ।

हङकङ जियाङलिङ ग्रुप न्यु इनर्जी भेइकल कम्पनीलाई छोटकरीमा जेएमईभी भनिन्छ । हङकङमा हेडक्वाटर रहेको सो कम्पनीमा ग्रुप रेनो, जियाङलिङ मोटर्स कर्पोरेसन ग्रुप र क्वुनचुङ होल्डिङ्सको सेयर रहेको छ । सन् २०१५ मा क्वुनचुङ होल्डिङ्सको सहायक कम्पनीको रुपमा यसको स्थापना भएको हो । इलेक्ट्रिक कार उत्पादनमै केन्द्रित रहेर कम्पनीले विभिन्न कार्य गरिरहेको छ ।

जेएमईभीका हाल इलाईट, ईभी२ र ईभी३ ईभी उपलब्ध भएको वेबसाइटमा उल्लेख छ । त्यस मध्ये इलाईटको राइड ह्यान्ड भर्सनलाई नेपालमा जगदम्बा मोटर्सले नेपाल भित्र्याउने भएको हो । छिट्टै नै यसको औपचारिक जानकारी सार्वजनिक गरिने कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

सीएटीएलले ल्यायो १० मिनेट चार्ज गर्दा ६०० किमी गुड्ने नयाँ ब्याट्री

काठमाडौं– विश्वको अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलले नयाँ ब्याट्री...

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

बीवाईडीले ९० लाखौ गाडी प्रोडक्सन लाइनमा रोल्ड अफ गरेको छ । बीवाईडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...