नेपालकै बेस्ट–इन–क्लास ईभी भ्यान सार्वजनिक, एकैपटक १०० ग्राहकलाई हस्तान्तरण (भिडियो सहित)

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नेपालकै बेस्ट–इन–क्लास दावी गरिएको माउन्टेन ईभी भ्यान लन्च गरेको छ । सो अवसरमा एकै पटक १०० ग्राहकलाई सो गाडी हस्तान्तरण गरेर एक माइलस्टोन समेत फोटोन नेपालले हासिल गरेको छ ।

नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्याक छ, जसले फुल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

त्यसैगरी यसले १३० किलोवाटको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ भने यसको ग्रेडेबिलिटी २५ प्रतिशत छ । यी सबैका कारण नेपाली बजारमा यति एड्भान्स्ड फिचर भएको यो पहिलो गाडी भएको बताइएको छ ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली बजारमा जहिले पनि एमएडब्लु ग्रुपले फर्स्ट–इन–सेगमेन्ट सवारी साधन ल्याइरहेको र त्यसैको निरन्तरता माउन्टेन ईभी भएको बताए । नेपाली ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गरेको उनले बताए ।

एमएडब्लु वृद्धिका सीईओ तुसार गुप्ताले नेपालकै लागि बनाइएको माउन्टेन ईभी यो क्लासकै च्याम्पियन भएको बताए । उनले विगत १९ वर्ष देखि चीनमा टप ब्रान्डको पहिचान कायम गरेको र विश्वका विभिन्न देशमा अन्य रेकर्ड समेत रहेको फोटोन ब्रान्ड नेपालमा समेत रुचाइएको बताउँदै आगामी दिनमा अझै रुचाइने अपेक्षा गरे ।

एमएडब्लु वृद्धिका मार्केटिङ हेड नवीन आचार्यले माउन्टेन ईभी भ्यानको विशेषता वारेमा चर्चा गर्दै नेपाली ग्राहकका लागि यो अति नै उपयुक्त रहेको बताए ।

१४ र १५ सिट अप्सनमा उपलब्ध हुने माउन्टेन ईभी भ्यान स्पेसियस र कम्फर्टेबल हुनुका साथै ठूलो हेडरुमका लागि हाई रुफ छ ।

यसमा फर्स्ट–इन–क्लास र फर्स्ट–इन–नेपाल फिचरको रुपमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ असिस्टेन्स, हिल होल्ड कन्ट्रोल (एचएचसी), आर१६ ड्युरेबल टायरका साथै इको र पावर गरी दुई ड्राइभिङ मोड रहेका छन् ।

स्लिक तथा डाइनामिक प्रोफाइल सहितको मोडर्न डिजाइन रहेको माउन्टेन ईभी भ्यानमा अगाडितिर डाइनामिक हेडलाइट रहेको छ भने यसको तलतिर एयरभेन्ट नजिकै रहेको फगल्याम्प तथा ब्याकमा रहेको इन्टिग्रेटेड टेलल्याम्पले स्लिक र मोडर्न लुक प्रदान गरेको छ ।

क्याबिनमा स्पोर्ट्स कारको बकेट सिटमा जस्तै हेडरेस्ट र मोडर्न तथा राम्रो तरिकाले फिनिसिङ गरिएको छ भने मल्टी मिडिया फिचर सहितको स्क्रिन रहेको छ । गाडीको रेन्ज, पावर, स्पिड र गियर आदिको जानकारी लिनका लागि ड्युल–रिङ इन्स्ट्रयुमेन्टल प्यानल रहेको छ । सबैतिरको दृश्यका लागि रिभर्स राडार सहितको रिभर्स क्यामेरा छ ।

सुरक्षाका लागि माउन्टेन ईभी भ्यानमा एबीएस, ईबीडी, एचएचसी, सेल्फ–एड्जस्टिङ ब्रेक क्लियरेन्स, चार्जिङ लक, इन्डिभिज्युअल सिटबेल्ट, ओपन डोर वार्निङ, पावर विन्डोज, सेन्ट्रल लकिङ लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

१४ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा ५ वर्ष वा ३ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।

नेपाली बजारमा विशेष गरी लामो दुरीको यात्राका लागि ईभी भ्यानको प्रयोग गर्ने क्रम बढ्दो छ । त्यसैगरी कर्पोरेट तथा हस्पिटालिटी क्षेत्रमा यसको प्रयोग बढ्दो छ भने स्कुल भ्यानको रुपमा समेत प्रयोग हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

२०२४ मा यी कम्पनीले लन्च गर्दैछन् कम मूल्यका इलेक्ट्रिक कार

इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...

आकर्षक ३ कलर अप्सनका साथ शोरुम आइपुग्यो वुलिङ बिंगो ईभी

आकर्षक ३ कलर अप्सनका साथ शोरुम आइपुग्यो वुलिङ बिंगो ईभी

काठमाडौं – पारामाउन्ट मोटर्सले वुलिङ बिंगो ईभी काठमाडौंको शोरुममा...

भक्तपुरमा खुल्यो लुयानको नयाँ सोरुम, एमएनके३ मा २० हजार छुट

भक्तपुरमा खुल्यो लुयानको नयाँ सोरुम, एमएनके३ मा २० हजार छुट

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...