भिडोलका डाइरेक्टरको भनाइ – नेपाली लुब्रिकेन्ट उद्योगमा सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । करिव ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताइएको छ ।

१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ । उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ ।

भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित बासुले नेपाली लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भए पछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताएका छन् । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए ।

भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित बासुसँग सो लुब्रिकेन्ट उद्योग र नेपाली बजार सम्भाव्यता वारेमा गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

नेपालमा भिडोल लुब्रिकेन्ट उत्पादन गर्ने योजना कसरी बनाउनु भयो ?
नेपाली बजारमा पहिले देखि नै भिडोल लुब्रिकेन्टको राम्रो बजार थियो । यद्यपि यहाँ अन्य सम्भावनाहरु समेत थिए । तर विभिन्न कर नीतिका कारण नेपालमै लुब्रिकेन्ट उत्पादन गर्न सकियो भने नेपाली ग्राहक र कम्पनीलाई मात्र होइन, समग्र नेपाली जनतालाई नै फाइदा हुन सक्छ भन्ने कुरामा ध्यान गयो । नेपालमा कन्स्ट्रक्सन लगायतका क्षेत्रमा धेरै कार्य भइरहेको र अटोमोबाइल व्यवसाय समेत बढिरहेको समयमा लुब्रिकेन्टको खपत समेत बढ्ने अवस्था छ ।

यो अवस्थामा नेपाली बजारमा राम्रो व्यापार विस्तार गरिरहेको र जनसम्पर्क राम्रो भएको युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजसँगको सहकार्यमा भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन गर्ने योजनाका साथ कार्य अगाडि बढेको हो ।

यसबाट खासमा नेपाली ग्राहक र समग्र जनतालाई के फाइदा हुन्छ ?
लुब्रिकेन्टका लागि आवश्यक कच्चा पदार्थ आयात गरे पनि अन्य सबै कार्य नेपालमै गरिन्छ । क्वालिटी, सर्भिस र इनोभेसनमा राम्रो गरिरहेको भिडोल ब्रान्डको उत्पादन नेपालमै भएको अवस्थामा यहाँ धेरै जनशक्तिले काम पाउने मात्र होइन, आसपासका क्षेत्रमा विकास समेत हुन्छ । यसबाट मूल्यमा समेत केही कमी अवश्य हुन्छ ।

‘बिजनेस इज एन आउटकम अफ राइट स्टेप्स’ अर्थात सही दिशामा सही स्टेप लिने हो भने व्यवसायमा आफै अंक बढ्छ । आशा वेगर कुनै काम गर्ने हो भने त्यो गलत रवैया हुन्छ । हामी हाम्रो मार्केट, पार्टनर र ट्रयाकप्रति कन्फिडेन्स छौ ।

नेपाली बजारमा समेत अटोमोबाइल क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिरहेका छन् । इन्जिन, फ्युल र यसका साथमा लुब्रिकेन्टको प्रविधिमा समेत परिवर्तन भइरहेको छ । यो अवस्थामा लामो समय देखि यही क्षेत्रमा कार्यरत भिडोल इन्टरनेसनलले आगामी दिनमा अझै नयाँ तरिकाले कार्य गर्नेछ, जसले गर्दा अन्ततोगत्वा नेपाली जनताले समेत फाइदा लिन सक्ने छन् ।

आगामी दिनमा प्लान्टबाट के अपेक्षा राख्नुभएको छ ?
प्रोडक्ट र टेक्नोलोजीले मात्र स्थानीय बजारको आवश्यकतालाई पुरा गर्न सक्दैन । यसका लागि सप्लाई चेनको आवश्यकता पर्छ । यस अनुसार युके वा भारतमा बसेर नेपाली ग्राहकको आवश्यकतालाई पुरा गर्न सकिदैन । समस्या अनुभव गर्न सकिदैन । यसका लागि नेपालमै बसेर नेपाली ग्राहकको आवश्यकता पुरा गर्नु पर्छ । हामीले त्यही अनुसार उद्योग स्थापना गरेका हौ । आगामी दिनमा आवश्यकता पुरा हुनेमा हामी विश्वस्त छौ ।

नेपालका साथै विश्व बजारमा समेत ईभीको माग बढ्दै गइरहेको छ । यो अवस्थामा तपाईहरुको बजारमा कस्तो प्रभाव पर्ने अनुमान गर्नुभएको छ ?
विश्वमा विभिन्न नयाँ प्रविधि भित्रिरहेका छन् । यस्ता प्रविधिले पुरानो प्रविधिलाई विस्थापित गर्नुका साथै नयाँ अवसर समेत सिर्जना गरिरहेका हुन्छन् । ईभीको सन्दर्भमा पनि यही अवस्था छ । नेपालको अवस्था झन् अलि फरक छ ।

नेपालको कर संरचनाका कारण पनि यहाँ धेरै ईभी भित्रिरहेका छन् । यो अवस्थामा प्रतिस्पर्धा पनि बढ्दो छ । चुनौती र अवसर दुवै छ । खासगरी लोकल मार्केटमा कार्य गरिरहेकाहरुका लागि समस्या हुन सक्छ । तर ईभीका लागि लुब्रिकेन्टका साथै थर्मल म्यानेजमेन्ट समेत आवश्यक पर्छ ।

हामीसँग यसका लागि टेक्नोलोजी, प्रोडक्ट लाइन र पोर्टफोलियो सबै छ । हामीले लोकल पार्टनरमार्फत सबै कार्य गर्न सक्छौ । यो अवस्थामा हामी नयाँ इनोभेसनको खोजीमा लाग्ने गर्छौ । आगामी दिनमा ईभीको माग बढ्दै गएमा हामी पनि त्यही अनुसार इनोभेसनमा लाग्ने छौ ।

भिडोल र युनाइटेड लुब्रिकेन्टको भिजन, मिसन एउटै छ भन्नु भयो । फ्याक्ट्री पनि भ्रमण गर्नुभयो । यो अवस्थामा तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामीले समय अनुसार योजना बनाउनु पर्छ । यदि हामीले समयमै कुनै काम नगर्ने हो भने अन्य कोहीले गर्न सक्छ भन्ने कुरामा पनि ध्यान दिनु पर्छ । नेपालमा कर नीतिका कारण केही अप्ठ्यारो अवस्था रहेको समयमा लोकल पार्टनरसँग मिलेर लुब्रिकेन्ट उद्योगमा केही गर्न सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान गएको हो ।

यसका लागि लामो समय देखि कार्य गरेको भिडोलको गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउनका लागि बलियो पार्टनरको आवश्यकता प-यो । ‘बिजनेस इज एन आउटकम अफ राइट स्टेप्स’ अर्थात सही दिशामा सही स्टेप लिने हो भने व्यवसायमा आफै अंक बढ्छ । आशा वेगर कुनै काम गर्ने हो भने त्यो गलत रवैया हुन्छ । हामी हाम्रो मार्केट, पार्टनर र ट्रयाकप्रति कन्फिडेन्स छौ ।

यी तीनै पक्षको कन्फिडेन्स मिलाएर हामी नेपालको लुब्रिकेन्ट उद्योगमा एक सक्रिय र महत्वपूर्ण खेलाडी बन्न चाहन्छौ । हाम्रो यस्तै अवस्था अन्य धेरै अन्तर्राष्ट्रिय बजारमा पनि छ । यसकारण पनि यो सम्भव छ र युनाइटेडसँगको सहकार्यमा हामी सन्तुष्ट छौ ।

नेपाली बजार कस्तो हुने अपेक्षा गर्नुभएको छ ? भारतमा भिडोलको बजार कस्तो छ ?
नेपाली बजारमा वार्षिक रुपमा एक हजार देखि डेढ हजार केएल सम्मको व्यापार गर्नु ठुलो कुरा होइन । नयाँ प्रविधि भित्रिदै जादा र माग बढ्दै जादा बजार पनि बढ्दै जान्छ । यद्यपि अहिले हामीले बजारको आधार निर्माण गरिरहेका छौ र बजार पनि बढ्दै छ । अहिले पनि ग्राहक सचेतना जगाउनु आवश्यक छ भने हामी पुग्न नसकेका धेरै स्थानमा पहुँच बढाउनु आवश्यक छ । यसका लागि केही लामो समय भने लाग्न सक्छ ।

भारतीय बजारमा भने धेरै ठूलो प्रतिस्पर्धा छ । हामी करिव ४ देखि ५ प्रतिशत बजार हिस्साका साथ कार्य गरिरहेका छौ । भारतमा यामाहा, हिरो, होन्डा लगायतका टु ह्विलर ब्रान्डसँग करिव २५ वर्ष देखि नै ओईएमको रुपमा सहकार्य भइरहेको छ । यसका साथै एग्रिकल्चर, प्यासेन्जर कार आदि विभिन्न सेक्टरमा हामी राम्रो पोजिसनमा छौ । त्यहाँ पनि अझै गर्न सकिने धेरै अवसर पनि छन् । आगामी दिनमा हामी त्यसै अनुसार कार्य गर्नेछौ ।

लुब्रिकेन्ट उत्पादन र वितरण सम्बन्धमा कस्तो चुनौती देख्नुभएको छ ?
मार्केट ‘इभल्व’ भयो वा ‘मच्योर’ भयो भने ‘इभोलुसन’को बाटो पनि खुल्छ । नेपालको बजार पनि त्यही दिशातिर उन्मुख छ । हाम्रो नेपाली पार्टनरले पहिले देखि नै सफलताका साथ बजारमा राम्रो कार्य गरिरहेको अवस्था छ । तर आगामी दिनमा लुब्रिकेन्ट बजारका लागि बजार पहुँच बढाउने र उपभोक्ताको मनस्थितिमा परिवर्तन गर्नुपर्ने एक चुनौती छ ।

त्यसैगरी कच्चा पदार्थ आवश्यकता अनुसार उपलब्ध गराउनु पर्ने अर्को चुनौती हुन सक्छ । प्रविधि परिवर्तन भइरहन्छ । त्यही अनुसार लुब्रिकेन्ट उद्योगमा पनि परिवर्तन ल्याउनु पर्ने आवश्यकता हुन सक्छ । अटोमोबाइल र इन्डष्ट्रियल सेक्टरले कसरी ईएसजी अर्थात इनभाइरोमेन्टल, सोसियल र गभर्नेन्स जस्ता क्षेत्रमा काम गर्छन् भन्ने अर्को महत्वपूर्ण पक्ष हो । यसमा पनि भिडोल एक उत्तरदायी कम्पनी भएकाले यही क्षेत्रमा विशेष रुपमा भूमिका खेल्नु पर्ने आवश्यकता छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

काठमाडौं–टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब...

भेस्पा, अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फको सहभागिता, भाग्यशालीले पाए उपहार

भेस्पा, अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फको सहभागिता, भाग्यशालीले पाए उपहार

काठमाडौं – गल्फ लुब्रिकेन्टले हालै सम्पन्न भेस्पा र अप्रिलिया स्कुटरको...

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

कम गुड्ने सवारी साधनमा समेत समयमै इन्जिन आयल परिवर्तन गर्नु किन महत्वपूर्ण छ ?

यदि सवारीसाधन एकदमै कम मात्र गुडेको छ र आफ्नो गाडीको इन्जिन आयल फेर्नु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...