केटीएम ट्रयाक टेष्ट एक्सपिरियन्स सम्पन्न

काठमाडौं– केटीएम नेपालले आयोजना गरेको ट्रायक टेष्ट एक्सपिरियन्स कार्यक्रम शनिबार सम्पन्न भएको छ । शुक्रबार र शनिबार दुई दिनका लागि आयोजना गरिएको कार्यक्रममा उल्लेख्य राइडरले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले केटिएमका विभिन्न मोडेलहरूलाई टेष्ट राइड गर्ने अवसर पाएका थिए भने ‘हट ल्याप च्यालेन्ज’ मा सहभागिता जनाएका थिए ।

कार्यक्रमको पहिलो दिन टेष्ट राइड एक्सपीरियन्समा सहभागीहरूले केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक मोडेललाई विशेष रूपमा डिजाइन गरिएकोे ट्रयाकमा टेस्ट राइड गरेका थिए । उनीहरुका लागि विज्ञ राइडरहरूले प्रशिक्षण सत्र समेत सञ्चालन गरेका थिए ।

यसैगरी कार्यक्रमको दोस्रो दिन हट ल्याप च्यालेन्ज आयोजना गरिएको र उक्त प्रतियोगिता तीन समूहमा विभाजन गरिएको थियो । प्रोरेसर, अमेच्योर,र महिला श्रेणीमा बिभाजन गरिएको उक्त प्रतियोगितामा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीलाई बिजेता घोषणा गरिएको थियो ।

सम्बन्धित समाचारहरू

एएमटी प्रविधि सहित केटीएमको १३५० सीसी गियरलेस बाइक लन्च

एएमटी प्रविधि सहित केटीएमको १३५० सीसी गियरलेस बाइक लन्च

केटीएमले आफ्नो पोर्टफोलियोमा नयाँ बाइक थपेको छ । कम्पनीले आफ्नो पहिलो...

सकियो क्रसफायरको नयाँ वर्ष अफर, वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने

सकियो क्रसफायरको नयाँ वर्ष अफर, वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने

क्रसफायर तथा इटालिका मोटोमा लागु गरिएको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र...

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...