यस्तो छ ९० को दशकको बुलेट ३५० बाइकको बिल भाइरल, मूल्य देखेर सबै छक्क

रोयल इन्फिल्ड सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । कम्पनी आफ्नो ३५० सीसी इन्जिन भएको बुलेट ३५० को लागि परिचित छ । सो बाइक दशकौंदेखि बिक्री हुँदै आएको छ । युवाहरु माझ सो बुलेट बाइक निकै लोकप्रिय छ ।

कम्पनीले समयसँगै बाइकमा धेरै परिवर्तन गरेको भए पनि बाइकको समग्र डिजाइनमा ८०–९० को दशकको झलक देखिन्छ । यसको डिजाइन र लुक नै सो बाइकको बिक्रीको सबैभन्दा ठुलो कारण रहेको कम्पनीको विश्वास छ । आज रोयल इन्फिल्ड बुलेट ३५० को अनरोड मूल्य भारतमा ६ लाख भारु भन्दा बढी पुगेको छ ।

९० को दशकमा बिक्री भएको एउटा बुलेट बाइकको रसिद इन्टरनेट र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा यसको मूल्य देखेर मानिसहरु छक्क परेका छन् । त्यतिबेलाको मूल्यसँग तुलना गर्ने हो भने आज यो बाइक निकै महँगो भएको छ ।

उक्त रसिद बुलेट ३५० को हो जुन २३ जनवरी १९८६ मा झारखण्डको सन्दिप अटोबाट खरिद गरिएको थियो । सो बाइकको रसिद लगभग ३७ वर्ष पुरानो हो । यो रसिदमा सो बाइकको मूल्य १८ हजार ७ सय भारु रहेको छ ।

रसिदमा सो बाइकको अनरोड मूल्य १८ हजार ८०० भारु रहेको देख्न सकिन्छ भने यसमा २५० भारु छुट दिइएको छ । लेगगार्डको १५० रुपैयाँ सहित बाइकको कुल मूल्य १८ हजार ७ सय भारु  छ ।

रोयल इन्फिल्ड बुलेट सन् १९८६ मा इन्फिल्ड बुलेट नामबाट ल्याइएको थियो । हाल कम्पनीले ३५० सीसी सेग्मेन्टमा धेरै बाइक बिक्री गरिरहेको छ । बुलेट ३५० बाहेक यसमा क्लासिक ३५०, मेटियर ३५०, हन्टर ३५० जस्ता बाइक समावेश छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ ।...

नयाँ हिमालयनमा आधारित फ्ल्याट ट्रयाक ४५० सार्बजनिक

नयाँ हिमालयनमा आधारित फ्ल्याट ट्रयाक ४५० सार्बजनिक

रोयल इन्फिल्डले नयाँ हिमालयन ४५० मा आधारित फ्ल्याट ट्रयाकिङ बाइक...

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...