सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले आफ्नो पोर्टफोलियोमा थप सुधार गर्दै नयाँ बाइक ल्याउने तयारी गरेको छ । कम्पनीले चाँडै नै नयाँ बाइक भारतीय बजारमा ल्याउने तयारी गरेको हो । यसका लागि कम्पनीले सामाजिक सञ्जालमा नयाँ टिजर पनि सार्वजनिक गरेको छ ।
टिजरमा बाइकको अगाडिको भाग देखाइएको छ । साथै बाइकको एलईडी हेडलाइट, हेडलाइट गार्ड, अगाडिको टायर बम्पर, नम्बर प्लेट, इन्डिकेटरको बारेमा जानकारी उपलब्ध गराएको छ । सो बाइक एडभेन्चर सेगमेन्टमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । बाइक पहिलो पटक इटालीमा हुने ईआईसीएमए २०२४ मा प्रस्तुत हुनेछ ।
कम्पनीले यसमा नयाँ इन्जिन उपलब्ध गराउन सक्नेछ । यसमा करिज्मा एक्सएमआरबाट २१० सीसी इन्जिन उपलब्ध हुने अपेक्षा गरिएको छ । जसका कारण सो बाइकले २५.१५ बीएचपी पावर र २०.४ एनएमको टर्क उत्पादन गर्नेछ । बाइकमा ६ स्पिड गियरबक्स दिन सकिन्छ । हालको जेनेरेसन एक्सपल्समा दिइएको इन्जिनले बाइकलाई १९ बीएचपीको पावर र १७.३५ एनएमको टर्क दिन्छ।
टिजरमा दिइएको जानकारी अनुसार कम्पनीले यसमा धेरै उत्कृष्ट फिचर उपलब्ध गराउन सक्नेछ । नयाँ पुस्ताको बाइकमा फुल डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, एपमा आधारित टर्न बाइ टर्न नेभिगेसन सिस्टम, राइडका लागि विभिन्न मोडका साथै स्विच गर्न मिल्ने रियर एबीएस पनि उपलब्ध गराउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...