इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
सिट्रोन बेसाल्ट भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी बनेको छ । भारत न्यु कार एसेसेमन्ट प्रोग्राम अर्थात बीएनक्याप वा भारत एनक्यापको क्र्यास टेस्टमा सो एसयूभीले एडल्ट प्रोटेक्सन र चाइल्ड प्रोटेक्सन क्याटागोरीमा फोर स्टार सेफ्ट रेटिङ पाएको छ ।
सिट्रोन बेसाल्टका सबै भेरिएन्टमा एडल्ट सेफ्टीमा ३२ मध्ये २६.१९ र चाइल्ड सेफ्टीमा ४९ मध्ये ३५.९० पोइन्ट प्राप्त भएको हो । बेसाल्ट बीएनक्यापमा टेस्ट गरिएको पाँचौ र सिट्रोनको पहिलो गाडी हो । यो भन्दा पहिले यस अन्तर्गत टाटा सफारी, ह्यारियर, नेक्सन र पन्चको क्र्यास टेस्ट भइसकेको छ । टाटाका यी सबै कारमा फाइभ स्टार सेफ्टी रेटिङ मिलेको छ ।
सिट्रोन बेसाल्ट भारतमा हालै लन्च गरिएको एसयूभी हो । नेपालमा भने यो अझै उपलब्ध छैन । यसको मूल्य भेरिएन्ट अनुसार ७ लाख ९९ हजार देखि १३ लाख ५७ हजार भारु सम्म छ । सो कार ६ वटा भेरिएन्टमा ल्याइएको छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ रुम र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध गराइएको छ ।
सवारी साधनको सेफ्टी रेटिङका लागि अन्य देशमा विभिन्न परीक्षण भइरहे तापनि भारतमा भने हालै मात्र यसको सुरुवात गरिएको हो ।
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
फ्रेन्च अटो निर्माता सिट्रोनले भोली नयाँ एसयूभी कुपेको ग्लोबल डेब्यू...
सिट्रोनले भारतमा उत्पादित इलेक्ट्रिक कार ईसी–३ लाई अन्तर्राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...