बुटवलबाट यामाहा बाइक किनेका गिरीले पाए १० लाख नगद

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यसपालिको दशैं, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत बुटवलबाट यामाहा बाइक किनेका बालकृष्ण गिरीले १० लाख रुपैयाँ नगद छुट जितेर भाग्यशाली बनेका छन् ।

यामाहा नेपालको फेसबुक लाइभमार्फत आयोजना गरिएको कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले निकालेको लक्की ड्रमार्फत उनले सो पुरस्कार पाएका हुन् ।

यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालको समेत उपस्थितिमा सम्पन्न सो कार्यक्रममा हाल सम्म यामाहाको बाइक वा स्कुटर किनेका ग्राहकहरुको नामबाट गिरीको नाम आएको र उनले सो पुरस्कार पाएका हुन् ।

गिरीले यामाहाको बुटवलको डिलर बुटवल बाइकर्सबाट नयाँ बाइक एफजीएस एफआई भी३ एबीएस डिलक्स किनेका थिए । उनलाई सो पुरस्कार जितेको वारे जानकारी गराउँदा पहिले सामान्य रुपमा लिए र अलि पछि ‘प्र्यांक हो कि ?’ भनेर शंका समेत व्यक्त गरे ।

एमएडब्लु इन्टरप्राइजेजले यसपालिको दशैं, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गरेर विभिन्न ग्राहकहरुले स्योरशट नगद उपहारहरू जित्ने सिलसिला देशैभरि निरन्तर जारी रहेको बताएको छ।

स्योरशट नगद उपहारको रुपमा २० हजार, ५० हजार र १ लाख रुपैयाँ श्रेणी अन्तर्गत ठूलो संख्याका ग्राहकहरूले नगद उपहारहरू जितिरहेका छन् भने अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि निरन्तर जारी रहेको यामाहाले जनाएको छ।

५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइल पारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लु ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने

काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ ।...

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४...

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...