सिट्रोन गाडी किन्ने र बुकिङ गर्ने दुवैलाई छुट र उपहार
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...
सिट्रोनले भारतीय बजारमा सी३ एयरक्रस अपडेट सहित लन्च गरेको छ । अपडेट गरिएको सी३ एयरक्रसमा धेरै परिवर्तन गरिएको छ र नयाँ फिचर पनि थपिएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार सिट्रोन सी३ एयरक्रसको नयाँ संस्करणमा एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो एसी, पावर विन्डो स्वीच, प्यासेन्जर साइड ग्राब ह्यान्डल, पावर फोल्डिङ ओआरभीएम, रियर एसी भेन्ट, सफ्ट टच इन्स्ट्रयुमेन्ट प्यानल जस्ता फिचर अपडेट गरिएको छ । यसका साथै यसमा इन्टेलिजेन्ट स्टोरेज सोलुसन र ३६० एमएम कम्प्याक्ट स्टेयरिङ ह्विल, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४० कनेक्टिभिटी फिचरसहितको माईसिट्रोन कनेक्ट एप र ७० भन्दा बढी एसेसरिजसहितको विकल्प उपलब्ध गराइएको छ ।
कम्पनीले सो एसयूभीको सेफ्टीमा पनि धेरै ध्यान दिएको छ । नयाँ सिट्रोनमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम,टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल-होल्ड असिस्ट जस्ता ४० भन्दा बढी एड्भान्स फिचर समावेश छ ।
कम्पनीले यसमा १.२ लिटर क्षमताको जेन३ प्योरटेक ११० टर्बो र प्योरटेक ८२ नेचुरली एस्पिरेटेड इन्जिन उपलब्ध गराएको छ । यसमा ५ स्पिड म्यानुअल, ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प छ ।
सो एसयूभी ५ र ७ सिट विकल्पमा लन्च गरिएको छ । यसको बुकिङ सुरु गरिएको छ भने अक्टोबर ८ देखि डेलिभरी सुरु हुनेछ ।
भारतीय बजारमा सी३ एयरक्रसले हुन्डाई क्रेटा, मारुती ग्रान्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर, किया सेल्टोस, स्कोडा कुशाक, फक्सवागन टाइगुन र एमजी एस्टर जस्ता एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...
सिट्रोनले आफ्नो ५औं कार बसाल्ट कुपे एसयूभी भारतमा लन्च गर्ने भएको छ ।...
नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...