उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य
स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...
पोखरा – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ ।
पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरे ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले पोखराको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी ईभी नाडा अटो शो २०२४ मा ७१७ युनिट बुकिङ भएको थियो ।
कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिका भट्टराईले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले बिक्री मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्द मोहन भट्टराईले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे ।
कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले ईभी कम्पनीहरुले आफ्टर सेल्स सर्भिस र चार्जिङ स्टेसनलाई विशेष ध्यान दिनुपर्ने बताए । साथै उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर ईभीबारे देशभर सन्देश फैलाउन सकिने बताए । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ । देशमा उपलब्ध जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ति गर्न सकिन्छ,’ उनले भने ।

त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।
सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, टेबल टपसहितको प्यासेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।
यो फ्युभरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजार देखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बियन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियस अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।
एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शो २०२४ मा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन्, जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने छ भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाइने छ ।
ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने छ ।
स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...
दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...
यात्री मोटरसाइकलको भाँचिएको चेसिसको वारेमा विभिन्न समाचार सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...