काठमाडौँ जोड्ने सबै नाका ठप्पः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौँ - अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प भएका छन् ।

मुग्लिन–काठमाडौँ, सिन्धुली–काठमाडौँ, सिन्धुपाल्चोक–काठमाडौँ सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाडौँसँग अरू जिल्लाको आवतजावत टुटेको छ ।

सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा पुल नै बगेका छन् ।

मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ । सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौँ यात्रुको उद्धार गरिएको छ ।

सम्बन्धित समाचारहरू

बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?

बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?

अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक...

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै

चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...