यस्तो छ लोकप्रिय युट्युबर ध्रुव राठीको कार कलेक्सन

ध्रुव राठी एक लोकप्रिय युट्युबर हुन्। उनी आफ्नो भिडियोका कारण इन्टरनेटमा सधैँ चर्चामा रहन्छन्।

हालै ध्रुव राठी पुनः चर्चामा आएका छन् । यस पटक उनी आफ्नो भिडियोको कारण होइन तर आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । ध्रुवले हालै आफ्नो पहिलो बच्चासँगको तस्बिर इन्टरनेटमा सेयर गरेका छन्, जसको कारण उनी चर्चामा छन् ।

ध्रुव राठीसँग युट्युबमा २ करोड ५० लाखभन्दा बढी सब्सक्राइबरहरु छन्। ध्रुव जर्मनीमा बस्छन् र उनीसँग महँगा महँगा कारको कलेक्सन रहेको छ । रिपोर्टका अनुसार ध्रुव राठीसँग लगभग १० लाख डलरको सम्पत्ति रहेको बताइएको छ ।

ध्रुवसँग कारको कलेक्सन पनि धेरै छ, जसमा करोडौँ मूल्य पर्ने लक्जरी कारहरू पनि समावेश छ । ध्रुव राठीको कार कलेक्सनमा रेन्ज रोभर एसयूभी छ, जुन भारतमा करिब २ करोड ७५ लाख भारु पर्छ ।

कारबाइक३६० का अनुसार ध्रुवसँग मर्सिडीज बेन्ज जीएलसी क्लास पनि छ, जसको मूल्य ८७ लाख ८० हजार भारुबाट सुरु हुन्छ।

उनको कार कलेक्सनमा बीएमडब्ल्यु ५ सिरिज पनि छ, जसको मूल्य ८४ लाख ३५ हजार भारु छ । साथै उनको ग्यारेजमा टेस्ला मोडल ३ इलेक्ट्रिक कार पनि समावेश छ, जसको लागत ४४ हजार १३० यूएस डलर छ ।

सम्बन्धित समाचारहरू

सीएफ मोटो २५० एनके राइडर दिलिप दनुवारले जिते रेस वार, अब २५० एनकेको मूल्य ५,४९,९००

सीएफ मोटो २५० एनके राइडर दिलिप दनुवारले जिते रेस वार, अब २५० एनकेको मूल्य ५,४९,९००

काठमाडौं – सीएफ मोटो २५० एनकेका राइडर दिलिप दनुवारले शनिबार सम्पन्न रेस...

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआईए...

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न, यो वर्ष गरिने कार्यक्रमको घोषणा

पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न, यो वर्ष गरिने कार्यक्रमको घोषणा

पोखरा – गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...