चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलको रोजाइमा सीएफमोटो ४५० एमटी

चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलले सीएफमोटोको लोकप्रिय मोटरसाइकल ४५० एमटी किनेका छन् । पहिले देखि नै रेसिङ र एड्भेन्चरमा रमाउन रुचाउने राष्ट्रपति पावेलले हालै सो मोटरसाइकल प्रयोग गर्नका लागि शोरुममै पुगेर टेस्ट राइड समेत गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

६२ वर्षिय राष्ट्रपति पिटर पावेल पहिले देखि नै मोटरसाइकल राइडिङका शौखिन हुन् । उनीसँग विश्वमै लोकप्रिय मानिने विभिन्न मोटरसाइकल समेत छन् । गत मे महिनामा उनी मोटरसाइकल दुर्घटनामा परेर अस्पताल भर्ना समेत भएका थिए ।

सीएफमोटो ४५० एमटी हालै नेपाली बजारमा समेत भित्रिएको बाइक हो । नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सो बाइक भित्र्याएको हो । यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ छ ।

४४९।५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।

४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ।

बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल...

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु...

रिजर्भमा बाइक चलाउने बानी छ ? यस्तो हुन सक्छ असर

रिजर्भमा बाइक चलाउने बानी छ ? यस्तो हुन सक्छ असर

रिजर्भ मोडमा बाइक चलाउँदा फाइदा देखिए तापनि पछि यसले बाइकलाई हानी पु¥याउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...