नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
काठमाडौँ – काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम...
सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे ।
दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि उक्त सडकमा १२ दिन सवारी आवतजावतमा रोक लगाएको हो । उक्त सडकमा असोज ८ गतेदेखि १९ गतेसम्म सवारी चलाउन रोक लागाइएको हो ।
नगरपालिकाका अनुसार दक्षिणकाली-छैमले खण्ड कालोपत्र कार्य सुरु गर्न सवारी आवागमनमा रोक लगाइएको हो । कालोपत्र गर्ने काम अघि बढाउन सवारी चापका कारण कठिनाइ भएकाले गाडी संचालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उक्त सडक बन्द भएकाले सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।
काठमाडौँ – काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम...
काठमाडौँ – नेपालमा सडक दुर्घटनाले बालबालिकाको भविष्य खोस्दै गएको छ।...
काठमाडौं – असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...