गोदावरी पुग्यो रोयल इन्फिल्ड वान राइड, विश्वभर मनाइदै

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’ गोदावरी पुगेको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नक्सालस्थित शोरुमबाट प्रारम्भ गरेको सो राइड गोदावरी पुगेको हो ।

राइडरहरु नक्साल, दरबारमार्ग, थापाथली, जावलाखेल, लगनखेल, सातदोबाटो हुँदै गोदावरी पुगेका हुन् । करिव १२५ राइडर सम्मिलित सो राइड कार्यक्रमका सहभागीहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनेछन् ।

आज नेपालका विभिन्न सहरमा भएका रोयल इन्फिल्ड राइडरहरु यो कार्यक्रममा सरिक भएका छन् । यसका साथै विश्वभर आज वान राइड कार्यक्रम आयोजना भइरहेको रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले बताए ।

यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै, विभिन्न मनोरञ्जनात्मक खेल तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यहरु समेत हुने अल्फा अटोमोटिभले जनाएको छ ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले इटालीमा जारी अन्तर्राष्ट्रिय मोटरसाइकल शो ईआईसीएमएमा...

रोयल इन्फिल्डको नयाँ ६५० सीसी बाइक ‘बियर ६५०’ सार्वजनिक

रोयल इन्फिल्डको नयाँ ६५० सीसी बाइक ‘बियर ६५०’ सार्वजनिक

रोयल इन्फिल्डले बजारमा उपलब्ध गराउने तयारी गरेको ६५० सीसीको नयाँ बाइक...

रोयल इन्फिल्डका पाँच नयाँ मोटरसाइकल बुलेट ६५० देखि फ्लाइङ फ्ली एस६ सम्म सार्वजनिक

रोयल इन्फिल्डका पाँच नयाँ मोटरसाइकल बुलेट ६५० देखि फ्लाइङ फ्ली एस६ सम्म सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२५ मा आफ्ना आगामी पाँच मोडल सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...