सिद्धबाबा सुरुङमार्गको दुईवटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’, कहिले सकिएला काम ?

काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको दुईवटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजना कार्यालयले बाइपास सुरुङ ३ र बाइपास सुरुङ १ को ‘ब्रेक थ्रु’ भएको जानकारी दिएको हो । बाइपास सुरुङ ३ को भदौ २६ गते र बाइपास सुरुङ १ को आज अर्थात् आश्विन ४ गते ‘ब्रेक थ्रु’ भएको छ ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबीच वि.सं. २०७८ फागुनमा ठेक्का सम्झौता भई उक्त सुरुङमार्ग काम अगाडि बढेको थियो । यद्यपि यस आयोजनाको कामले वि.सं. २०८० बाट गति लिन थालेको हो ।

उक्त कम्पनीले यस आयोजनामा ११ सय २६ मिटरको तीन वटा बाइपास सुरुङको निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये अहिले १ सय ५१ मिटरको बाइपास १ र १३० मिटर बाइसार ३ सुरुङको छिचोलेको हो । हाल १६१ मिटर रहेको बाइपास २ को सुरुङ खन्ने काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

कार्यालयकाअनुसार उक्त बाइपासको पनि ११७ मिटर खनि सकिएको छ । आयोजनाको लक्ष्य अनुसार काम नभएको देखिएता पनि हाल भने सुरुङमार्गको कामले तीव्रता पाइरहेको इन्जिनियर सबिता ज्ञवालीले जानकारी दिइन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा निर्माणाधीन उक्त सुरुङमार्ग निर्माण शुरु भएको साढे दुई वर्षसम्मको भौतिक प्रगति २२.८५ प्रतिशत छ । सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनी चाइना स्टेटसँग भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाख ४७ हजार ३४ ठेक्का सम्झौता भएको थियो ।

आयोजना कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले आर्थिक प्रगति भने २६.४ प्रतिशत भएको बताइएको छ । ‘सुरुङमार्गको कामले केही वर्ष अघिसम्म तीव्रता पाउन सकेको थिएन, आयोजनाको काम अगाडि बढाउँदै गर्दा विभिन्न समस्या आए, जसका कारण पनि काम ढिला भयो । अहिले अवरोधलाई सुल्झाउँदै आयोजनाको काम धमाधम भइरहेको छ,’ उनले भनिन् ।

ठेक्का सम्झौता भएको पाँच वर्ष अर्थात् सन् २०२७ मा उक्त सुरुङमार्गको काम सक्नुपर्छ । सुरुङमार्गको काम समयमै सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

अहिले सुरुङमार्गको स्लोप कटिङ एण्ड प्रोटेक्सन, नर्थ पोर्टल, साउथ पोर्टल, मेन टनेल र बाइपास टनेल पहिलो, दोस्रो र तेस्रो गरी ७ वटा क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको छ । यस्तै, यस आयोजनाको उत्तरी र दक्षिण प्रवेशद्वारमा दुई प्राविधिक भवनका संरचनाहरू बन्नेछन् ।

एमआर १ माउन्टेन साइडमा ९ हजार ६२० वर्गमिटर र एमआर २ मा ७ हजार ४४० वर्गमिटरको टनेल निर्माण गर्नुपर्ने हुन्छ । उक्त साइडको क्रमशः ४८१ र १४१४ वर्गमिटर सुरुङको काम सकिएको बताइएको छ । नदी साइड एमआर १ र एमआर २ को काम भने सुरु गरिएको छैन । उक्त साइडमा क्रमशः १३ सय ६० र ५०० वर्ग मिटरको सुरुङ तयार गर्नुपर्ने हुन्छ ।

मुख्यमार्ग उत्तर तर्फबाट ११ सय वर्गमिटर र दक्षिण तर्फबाट २३ सय वर्गमिटर गरी जम्मा ३४ मिटर खनिएको छ । जसमध्ये हाल क्रमशः ४ सय ९५ र १४ सय ९५ वर्ग मिटर छानेको काम खनिएको कार्यालयले जानकारी दिएको छ । सुरूङमार्ग निर्माणपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक...

पाथीभरा केबलकारको गरियो शिलान्यास, अबको १५ महिनाभित्र चढ्न पाइने

पाथीभरा केबलकारको गरियो शिलान्यास, अबको १५ महिनाभित्र चढ्न पाइने

ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा जानका लागि...

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, यी वैकल्पिक रुट प्रयाेग गर्न आग्रह

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, यी वैकल्पिक रुट प्रयाेग गर्न आग्रह

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...