टाटा पन्च ईभी एकैपटक भव्यताका साथ चार शहरमा लन्च

नेपालमा बहुप्रतीक्षित टाटाको पन्च ईभी एकैपटक चितवन, पोखरा, बुटवल र भैरहवा गरी चार सहरमा भव्यताका साथ लन्च भएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको नेपालका लागि टाटाको आधिकाकिर वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्च ईभीले नेपालभर उच्च माग र बुकिङ पाएको बताए । पोखरामा औपचारिक रूपमा पन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै ईभीको इकोसिस्टमलाई सुदृढ गर्न पनि ध्यान केन्द्रित गरिएको जानकारी दिए ।

भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमा लिँदै कतिपय ग्राहकले टाटाको पन्च ईभी चढ्न पाउँदा आफूहरू उत्साहित भएको बताएका थिए ।

टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको सो सुरुवाती भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

सम्बन्धित समाचारहरू

टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने

टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने

टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...

नयाँ टाटा सफारी अब नेपालमा, १ करोड २२ लाख मूल्यको एसयूभीमा यस्ता छन् फिचर

नयाँ टाटा सफारी अब नेपालमा, १ करोड २२ लाख मूल्यको एसयूभीमा यस्ता छन् फिचर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी...

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...