काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु गरेको छ । एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरे । पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल ईभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्ने छन् । साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्ने छन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरीको पनि व्यवस्था गरेको छ ।

कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए । ‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरुको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ उनले भने ।

त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए ।

कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका थिए । यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ ।

नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ । यी ईभीहरु एड्भान्स फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेगमेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन ।

एक्सचेन्ज कार्निभल ३ असोज, बिहीबारसम्म संचालनमा रहनेछ ।

सम्बन्धित समाचारहरू

२०२३ मा थाइल्यान्डमा बिक्री भएका टप १० ईभी : बीवाईडी एट्टो ३ पहिलो, नेटा भी दोस्रो

२०२३ मा थाइल्यान्डमा बिक्री भएका टप १० ईभी : बीवाईडी एट्टो ३ पहिलो, नेटा भी दोस्रो

सन् २०२३ मा थाइल्यान्डमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार अर्थात...

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणका लागि उपलब्ध ग्रेटवाल...

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...