धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै, २ हप्तासम्म सवारीसाधान आवागमनमा रोक
काभ्रे– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान...
स्कुटरको लोकप्रियता दिनानुदिन बढ्दै छ । स्कुटरमा बाइकमा जस्तै बारम्बार गियर परिवर्तन गर्ने झन्झट हुँदैन, त्यसैले स्कुटर चलाउन निकै सजिलो हुन्छ । बाइकमा जस्तै स्कुटरमा पनि धेरै फिचर आउन थालेको छ । आजकल स्कुटर डिस्क ब्रेक, डिजिटल मिटर, ब्लुटुथ, स्मार्टफोन कनेक्टिभिटी जस्ता उन्नत फिचरसहित आउन थालेको छ ।
स्कुटरमा अटोमेटिक गियरबक्सलाई कन्टिन्युसली भेरिएबल ट्रान्समिशन भनिन्छ । स्कुटर गियरलेस हुन्छ । उकालो तथा ओरालोमा स्कुटरलाई बाइकलाई जस्तै गियरमा राखेर पार्क गर्न सकिदैन, जसका कारण यस्ता ठाउँमा स्कुटर पार्किङ गर्न समस्या हुने गरेको छ । तर, यो समस्या समाधान गर्न कम्पनीले स्कुटरमा कारमा मात्र पाइने एउटा फिचर उपलब्ध गराएको छ ।
कम्पनीले स्कुटरमा पनि ह्यान्डब्रेक प्रदान गरेको हुन्छ । तर धेरैजसो स्कुटर चालकलाई ह्यान्ड ब्रेक कहाँ छ भन्ने थाहा हुँदैन । ह्यान्ड ब्रेक लगाएर ढल्किएको सडकमा पनि सजिलैसँग स्कुटर पार्क गर्न सकिन्छ ।
स्कुटरमा ह्यान्ड ब्रेक स्कुटरको बायाँ ब्रेकसँग जोडिएको हुन्छ । यो एउटा सानो मेटल लिभर हो जसलाई माथि उठाउँदा स्कुटरमा ह्यान्ड ब्रेक लगाइन्छ ।
स्कुटरमा ह्यान्ड ब्रेक लगाउनको लागि सबैभन्दा पहिले बायाँ ब्रेक लिभर पूरै थिच्नु पर्छ। यसपछि ब्रेक लिभरको अगाडि दिइएको सानो लिभरलाई आफ्नो एउटा औंलाको सहायताले माथि उठाउनु पर्छ। यो गरिसकेपछि स्कुटरको पछाडिको पाङ्ग्रामा ब्रेक लगाइन्छ। वास्तवमा यो मेकानिजम स्कुटरको पाङ्ग्रा लक गर्न प्रयोग गरिन्छ किनभने त्यसमा म्यानुअल गियर बक्स हुँदैन ।
आजकल धेरै स्कुटरमा ह्यान्ड ब्रेक लिभरको सट्टा क्लिप सिस्टम दिइएको हुन्छ । यसको काम पाङ्ग्रालाई लक गर्नु हो । यसको लागि बायाँ ब्रेक थिचेको दिशामा थिचेर ब्रेक लागु गर्न सकिन्छ ।
काभ्रे– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान...
गलकोट (बागलुङ) । निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको...
चितवन – नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...