मर्सिडिज–बेन्ज र जिली ग्लोबलसँग सहकार्य भएको ‘स्मार्ट’ ब्रान्ड अब नेपालमा चाडै लञ्च हुने

काठमाडौं – सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न लागेको जानकारी दिएको छ । यसले इलेक्ट्रिक ड्राइभिङमा आधुनिकताको नयाँ लहर ल्याउने कम्पनीको भनाइ छ।

नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको हो। चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको छ। दुवै मोडलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र स्मार्ट #३ अब छिट्टै नेपालमा लन्च र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया रिभा अरोराले इन्स्टाग्राममा १ करोड फ्लोअर्स पूरा गरेको...

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई...

हुन्डाईको रेकर्ड : नयाँ आयोनिक ६ इलेक्ट्रिक कार २४ घण्टामा ३७ हजार युनिट बुकिङ

हुन्डाईको रेकर्ड : नयाँ आयोनिक ६ इलेक्ट्रिक कार २४ घण्टामा ३७ हजार युनिट बुकिङ

दक्षिण कोरियामा हुन्डाईले एक दिनमै आयोनिक ६ इलेक्ट्रिक कारको ३७ हजार ४४६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...