१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया रिभा अरोराले इन्स्टाग्राममा १ करोड फ्लोअर्स पूरा गरेको उपलक्ष्यमा उनकी आमाले उनलाई ४४ लाखको लक्जरी औडी कार उपहार दिएकी छिन् । रिभाले आफ्नो तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै यसको जानकारी दिएकी छिन् ।

रिभा अरोरा कालो रङको औडी क्यु३ को मालिक बनेकी छिन् । उनले आफ्नो इन्टाग्राममा कारको फोटो पोस्ट गर्दै आफ्नी आमा र मुम्बईस्थित औडी डिलरसिपलाई धन्यवाद समेत दिएकी छिन् ।

रिभा अरोराले हिट फिल्म ‘उरी’ मा सानो भूमिका निभाएकी थिइन् र त्यसपछि उनी फिल्म र म्युजिक एल्बममा काम गरिरहेकी छिन् । उनी आफ्नो कम उमेरका कारण सामाजिक सञ्जालमा पनि धेरै पटक चर्चाको विषय बनेकी छिन् ।

उनको औडी क्यु३ सेकेन्ड जेनेरेसन मोडल हो । सो कारको मूल्य ४४ लाख ८९ हजार देखि ५० लाख ३९ हजार भारुसम्म रहेको छ ।

यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन जडान छ जसले १९० बीएचपी पावर र ३२० एनएम टर्क दिन्छ । सो कारले ७.३ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ ।

सम्बन्धित समाचारहरू

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

काठमाडौं–सरकारले पेट्रोलियम इन्जिन भएको पुरानो सवारी साधनलाई विद्युतीय...

अब २० लाख ९९ हजारमा पाइने भयो वुलिङ एयर ईभी, सीमित समयका लागि खुल्यो बुकिङ

अब २० लाख ९९ हजारमा पाइने भयो वुलिङ एयर ईभी, सीमित समयका लागि खुल्यो बुकिङ

काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...