यी हुन् इलेक्ट्रिक गाडीका लागि विश्वका धेरै चार्जिङ स्टेशन भएका १० सहर, लण्डन पहिलो नम्बरमा

इलेक्ट्रिक गाडी चलाउनका लागि चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई मनन गरी धेरै स्थानमा चार्जिङ स्टेशन बनाउने गरिन्छ ।

विश्वका सहर मध्ये सबैभन्दा धेरै चार्जिङ स्टेशन भएको सहर लन्डन हो । यहाँ ५ हजार ९ सय चार्जिङ स्टेशन छन् । त्यसैगरी दोस्रो नम्बरमा एम्सटर्डम रहेको छ । यहाँ ३ हजार ४०४ स्टेशन छन् । तेस्रो स्थानमा पेरिस रहेको छ, जहाँ २ हजार २८२ स्टेशन छन् ।

चौथो, पाँचौ र छैटौ नम्बरमा बर्लिन, ह्याम्बर्ग र म्युनिख रहेका छन्, जहाँ क्रमशः १ हजार ५२६, १ हजार ३८५ र १ हजार २५ चार्जिङ स्टेशन छन् । सातौ नम्बरमा भियना, आठौ र नवौं नम्बरमा फ्रयांकफर्ट र कोपनहेगन तथा दशौं नम्बरमा रोम रहेका छन् । यहाँ क्रमशः ९५३, ३८३, ३८३ र ३७५ स्टेशन छन् ।

हेयर ईभी नामक चार्ज प्वाइन्ट डाटासिटबाट यो तथ्य थाहा पाउन सकिन्छ । हिजो विश्व वातावरण दिवसको अवसरमा यो नयाँ तथ्य सार्वजनिक भएको हो ।

नेपालमा पनि हाल विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भएको छ भने कतिपय स्थानमा तयारी भइरहेको छ । सरकारी निकायको रुपमा नेपाल विद्युत प्राधिकरणका साथै विभिन्न निजी सवारी साधन आयातकर्ता कम्पनीहरु आफैले पनि चार्जिङ स्टेशन निर्माणको कामलाई बढाउने तयारी गरिरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...