सोलिड स्टेट ब्याट्रीको विकासमा चीनले ६ अर्व यूवान खर्च गर्ने, बीवाइडी सहित ६ कम्पनी छनोट
काठमाडौं– चीन सरकारले नयाँ प्रबिधीको ब्याट्री ‘सोलिड स्टेट’को खोज र...
दक्षिण कोरियामा हुन्डाईले एक दिनमै आयोनिक ६ इलेक्ट्रिक कारको ३७ हजार ४४६ प्रि–अर्डर प्राप्त गरेको दाबी गरेको छ । सो रेकर्डले किया ईभी६ को प्रि–अर्डर रेकर्डलाई पार गरेको छ, जसको दक्षिण कोरियामा पहिलो दिनमै २१ हजार भन्दा बढी अर्डर मिलेको थियो ।
हुन्डाई आयोनिक ६ इलेक्ट्रिक कार यो वर्ष जुलाईमा भएको बुसान मोटर शोमा पेश गरिएको थियो । यसको मूल्य ३९ हजार डलर तोकिएको छ । सो इलेक्ट्रिक कार अटोमेकरको ई–जीएमपी आर्किटेक्चरमा आधारित छ ।
सो इलेक्ट्रिक कार ५३.० केडब्ल्युएच ब्याट्री र ७७.४ केडब्ल्युएचको ब्याट्री गरी २ वटा ब्याट्री भेरिएन्टमा उपलब्ध छ । यो कार एक पटक चार्जमा ६१० किलोमिटरसम्म चलाउन सकिने दाबी गरिएको छ ।
कार २ वटा ड्राइभट्रेन विकल्पमा उपलब्ध छ । पहिलो मोडेलमा एकल मोटर र रियर ह्विल ड्राइभ सेटअप र दोस्रोमा ड्युअल मोटर तथा अल–ह्विल ड्राइभ कन्फिगरेसन छ । टप–अफ–द–लाइन मोडलले ५.१ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ ।
हुन्डाई आयोनिक ६ फास्ट चार्जिङको मदतले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा भेइकल टु लोड सिस्टम पनि भएको कम्पनीले जानकारी दिएको छ ।
हुन्डाईले यो कारलाई छिट्टै अमेरिका र युरोपेली बजारमा लन्च गर्ने योजना बनाएको छ । यो कारले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल ३, पोलेस्टार २ र बीएमडब्लु आइफोर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– चीन सरकारले नयाँ प्रबिधीको ब्याट्री ‘सोलिड स्टेट’को खोज र...
चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको...
महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...