एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...
दक्षिण कोरियामा हुन्डाईले एक दिनमै आयोनिक ६ इलेक्ट्रिक कारको ३७ हजार ४४६ प्रि–अर्डर प्राप्त गरेको दाबी गरेको छ । सो रेकर्डले किया ईभी६ को प्रि–अर्डर रेकर्डलाई पार गरेको छ, जसको दक्षिण कोरियामा पहिलो दिनमै २१ हजार भन्दा बढी अर्डर मिलेको थियो ।
हुन्डाई आयोनिक ६ इलेक्ट्रिक कार यो वर्ष जुलाईमा भएको बुसान मोटर शोमा पेश गरिएको थियो । यसको मूल्य ३९ हजार डलर तोकिएको छ । सो इलेक्ट्रिक कार अटोमेकरको ई–जीएमपी आर्किटेक्चरमा आधारित छ ।
सो इलेक्ट्रिक कार ५३.० केडब्ल्युएच ब्याट्री र ७७.४ केडब्ल्युएचको ब्याट्री गरी २ वटा ब्याट्री भेरिएन्टमा उपलब्ध छ । यो कार एक पटक चार्जमा ६१० किलोमिटरसम्म चलाउन सकिने दाबी गरिएको छ ।
कार २ वटा ड्राइभट्रेन विकल्पमा उपलब्ध छ । पहिलो मोडेलमा एकल मोटर र रियर ह्विल ड्राइभ सेटअप र दोस्रोमा ड्युअल मोटर तथा अल–ह्विल ड्राइभ कन्फिगरेसन छ । टप–अफ–द–लाइन मोडलले ५.१ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ ।
हुन्डाई आयोनिक ६ फास्ट चार्जिङको मदतले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा भेइकल टु लोड सिस्टम पनि भएको कम्पनीले जानकारी दिएको छ ।
हुन्डाईले यो कारलाई छिट्टै अमेरिका र युरोपेली बजारमा लन्च गर्ने योजना बनाएको छ । यो कारले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल ३, पोलेस्टार २ र बीएमडब्लु आइफोर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...
भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित...
काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...