केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फेस्टिभ अफर ल्याएको छ । कम्पनीले केटिएमको हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउनुको साथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ । अफर सिमित अबधीका लागि मात्र लागु हुने जनाइएको छ ।

ग्राहकलाई थप लाभ दिनका लागि, केटीएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकलाई अतिरिक्त १५ हजार थप मूल्यांकन पनि प्रदान गर्ने जनाएको छ । उक्त अफरले नयाँ बाइक खरिदको अनुभवलाई सहज र लाभदायक बनाउनुको साथै ग्राहकले आफ्नो पुरानो बाइकलाई प्रतिस्थापन गरेर, केटीएमको उन्नत र प्रख्यात बाइकको स्वामित्व पाउने अवसर प्राप्त गर्नेछन् ।

यो सीमित समयको अफरले ग्राहकहरूलाई केटीएमको सशक्त प्रदर्शन र साहसिक क्षमता अनुभव गर्न प्रेरित गर्नेछ। चाहे शहरी सडकको यात्रा होस् वा चुनौतीपूर्ण ट्रेलहरूमा साहसिक यात्रा, केटीएमको बाइकले कुनै पनि स्थितिमा उत्कृष्ट प्रदर्शन प्रदान गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...