हेलमार्ब ब्राण्डका कमर्सियल ईभी नेपाल ल्याउँदै वेबोर ग्रुप, प्यासेन्जर र कार्गो भ्यान आउने
काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...
काठमाडौं – नेपाली अटो क्षेत्रमा लामो समय देखि सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेइकलको लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शोरुम नक्साल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ।
हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीको भनाइ छ । सेन्टरमा अत्याधुनिक प्रविधिका हाई भोल्टेज ब्याट्री चेक जांच गर्ने उपकरण जस्तैः हाइ भोल्टेज ब्याट्री ब्यालेन्सर, लिफ्टिङ ट्रली, हाई भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरु ईभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।
सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएको छ।
ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षा पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यु इनर्जी सर्भिसले आफ्ना ग्राहकवर्गहरुको सहजता र सहुलियतताको लागि सो स्टेसन सञ्चालनमा ल्याएको बताइएको छ ।
काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...
महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...
नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...