काठमाडौंमा गरियो १०० बढी पन्च ईभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको टाटा पन्च ईभीको १०० भन्दा बढी युनिट डेलिभरी गरेको छ । एक हप्तामै सो संख्यामा गाडी डेलिभरी गरिएको कम्पनीको भनाइ छ ।

पन्च ईभीको नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी बुकिङ गरेका ग्राहकलाई जति सक्दो छिटो गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

यसका साथै पन्च ईभीको रिजनल लन्च विर्तामोडबाट सुरु भइसकेको समेत कम्पनीको भनाइ छ । टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँका साथ सार्वजनिक गरिएको हो ।

पन्च ईभी ३३.९९ लाखको सो भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरु – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी जीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

सम्बन्धित समाचारहरू

विद्युतिय कारमा बिक्री पछिको सेवा, विक्री बढ्यो तर नेटवर्क वढेन

विद्युतिय कारमा बिक्री पछिको सेवा, विक्री बढ्यो तर नेटवर्क वढेन

विक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सिर्भिस अटोमोवाइल व्यवसायमा...

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

काठमाडौं – नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न...

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ  भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...