नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी मोटर्सले विभिन्न अटो शो सकिए लगत्तै आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्रान्ड थपेको छ । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन उत्पादन गर्दै आएको दायुन ग्रुपले चिनियाँ बजारको सफलता पश्चात सीजी मोटर्समार्फत दायुन युइहु सब–कम्प्याक्ट एसयूभी नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको जनाएको छ ।

नेपाली बजारकै मोष्ट अफरडेवल सब–कम्प्याक्ट एसयूभी दावी गरिएको दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ। दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सको विज्ञप्तिमा उल्लेख छ।

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम समय लाग्छ ।

दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा उत्कृष्ट २०१ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ। इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गररिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइको छ।

७ इन्चको इन्सट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वान टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित...

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...