थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि नै लोकप्रिय बन्दै गएका छन् र यसैलाई मध्यनजर गर्दै विश्वभर विद्युतीय सवारी साधनको विद्युतीकरणमा जोड दिन थालेको छ । छिमेकी मुलुक चीनमा अहिले बिक्री हुने सवारीमध्ये आधाभन्दा बढी विद्युतीय छन् भने भारतमा पनि विद्युतीय सवारी साधनलाई अपनाउन जोड दिइएको छ र यसका लागि निजी तथा सरकारी पहल भइरहेको छ । वास्तवमा ईभी तर्फ बढ्दो प्रवृत्ति फेसन मात्र होइन, आवश्यक परिवर्तन पनि हो ।
सवारी साधनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन र अन्य हानिकारक ग्यासहरूले वातावरणलाई गम्भीर रूपमा असर पुर्याउँदै आएको छ । तर विद्युतीय सवारी साधनले कुनै पनि हानिकारक ग्यास उत्सर्जन गर्दैन । यसले वायु प्रदूषणमा उल्लेख्य मात्रामा कमी ल्याउने र मानिसको स्वास्थ्यमा पनि सुधार हुन्छ । पेट्रोल र डिजेलमा चल्ने सवारी साधनबाट निस्कने प्रदुषणले जलवायु परिवर्तन निम्त्याउँछ । विद्युतीय सवारी साधनले यो समस्या कम गर्न मद्दत गर्छ ।
नेपालमा जलविद्युतको ठुलो सम्भावना छ । विद्युतीय सवारी साधनका लागि बिजुली उत्पादन गरेर हामीले विदेशी तेलमाथिको निर्भरता घटाउन सक्छौँ । साथै, विदेशी तेलको मूल्यमा उतारचढावले देशको अर्थतन्त्रलाई असर गर्छ। विद्युतीय सवारीले हामीलाई यो अस्थिरताबाट बचाउन मद्दत गर्छ । यसले आर्थिक रुपमा पनि फाइदा पुर्याउँछ र वातावरणीय संकटलाई न्यून गर्छ।
विद्युतीय सवारी साधनहरूको प्रयोगसँगै आधुनिक प्रविधिको विकास र रोजगारका अवसरहरू पनि सृजना हुन्छन्। यसले देशलाई प्रविधिमा अगाडि बढ्न र नविनतासँग प्रतिस्पर्धा गर्न सहयोग पुर्याउँछ।
विद्युतीय सवारीसाधनले कम कम्पन गर्छ, जसले सवारी अनुभवमा सुधार गर्दछ। साथै विद्युतीय सवारी साधनहरूमा कम चल्ने पार्टहरू हुन्छन्, जसले त्यसको मर्मत गर्न कम खर्चिलो बनाउँछ।
विद्युतीय सवारी नेपालका लागि सुनौलो अवसर हो। यसले वातावरण जोगाउने मात्रै नभई देशको आर्थिक विकासमा पनि योगदान पुर्याउने छ । सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि राम्रो नीति बनाउनुपर्छ र निजी क्षेत्रले पनि यसमा बढी लगानी गर्नुपर्छ । साथै विद्युतीय सवारी साधनका फाइदाबारे जनतालाई सचेत गराउनु पनि आवश्यक छ । यद्यपि, ईभीका लागि चार्ज गर्ने पूर्वाधारमा जोड दिनु पनि महत्त्वपूर्ण छ ।
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
काठमाडौं–ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा...
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...