बजेट प्रभाव : हुन्डाई आयोनिक ५ मा १ लाख बढ्यो, अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा
काठमाडौं– बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले गाडीको मूल्य...
काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार युनिटको अर्डर प्राप्त गरेको छ । सेप्टेम्वर २० देखी डेलिभरी सुरु हुने यो विद्युतिय एसयूभीले चिनमा यति धेरै अर्डर पाएको हो । जिकरले यसको इन्ट्रि लेभल एसयूभीको मूल्य ३३ हजार ८५० डलर निर्धारण गरेर वुकिङ लिएको हो ।
नयाँ एसयूभी तीन भिन्न भेरिएन्टमा उपलब्ध हुने अनुमान गरिएको छ । जसअनुसार टप ट्रिमको मूल्य ४२ हजार ३०० र सबैभन्दा महंगो भेरिएन्ट मोडल वाईलाई ५० हजार ५०० डलर पर्ने जनाइएको छ । यो एसयूभीले निमा टेस्ला मोडल वाईसंग प्रतिस्पर्धा गर्नेछ ।
जिकर ७ एक्सको सेन्टर कन्सोलमा १५.०५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १३.०२ इन्चको एलसिडी इन्स्ट्रयुमेन्ट क्लस्टर, पछाडी बस्ने प्यासेन्जरका लागि पावर लेग रेष्ट, फोल्डिङ टेवल र १३ इन्चको स्क्रिन राखिएको छ । यो कारको महत्वपूर्ण विशेषताका रुपमा २३० एमएम ग्राउन्ड क्लिरियन्स रहेको छ ।
८०० भोल्टको हाई भोल्टेज सिस्टममा तयार पारिएको सो नयाँ ईभीमा ७५ र १०० किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । साथै यसको इन्ट्रि लेबल भेरिएन्टमा राखिएको सिंगल मोटरले ४१५ एचपी पावर दिन्छ भने फोर ह्विल ड्राइभले ६३६ एचपी पावर दिन्छ । कारलाई एकपटक फुल चार्ज गरेपछि ६०० देखी ७८० किलोमिटर सम्म रेन्ज पाइने दावी गरिएको छ ।
जिकर हालै नेपाली बजारमा लन्च भएको प्रिमियम ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एक्स मोडल उपलब्ध छ ।
काठमाडौं– बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले गाडीको मूल्य...
काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको...
मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...