सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
हिरो मोटोकर्पको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल हिरो स्प्लेन्डर अपडेटसहित लन्च गरिएको छ । पहिलो पटक कम्पनीले यसलाई फ्रन्ट डिस्क ब्रेकको साथ अपडेट गरेको छ । यसलाई स्प्लेन्डर प्लस एक्सटेक नाम दिइएको छ । सो अपडेटसँगै बाइकको मूल्य ८३ हजार ४६१ भारु तोकिएको छ । यद्यपि ड्रम ब्रेक ट्रिमको मूल्य भने यथावत रहनेछ ।
स्प्लेन्डर प्लस एक्सटेकको डिजाइन र मेकानिजममा कुनै परिवर्तन गरिएको छैन । यसको इन्जिन र फिचर पुरानो मोडेलमा जस्तै उपलब्ध हुनेछ । स्प्लेन्डर घरेलु नाम भएकोले सो बाइक धेरै वर्ष देखि बजारमा उपलब्ध हुँदै आएको छ । यसमा आयताकार हेडलाइटको साथमा सिंपल स्ट्रक्चरमा एलईडी डीआरएल दिइएको छ ।
हिरो स्प्लेन्डर प्लस एक्सटेकमा १०० सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ७.०९ बीएचपीको पावर र ८.०५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यसलाई ४ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा स्मार्टफोन कनेक्टिभिटीको साथमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जिङ स्लट पनि समावेश छ । साधारण डिजाइनका कारण सो बाइक धेरैले रुचाएका पनि छन् ।
हिरो स्प्लेन्डरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ड्युअल रियर शक्स समावेश छ । ब्रेकिङको लागि अब फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक अलोय ह्विलमा माउन्ट गरिएको छ । भारतीय बजारमा स्प्लेन्डरले होन्डा शाइन, बजाज प्लाटिना, टीभीएस राइडर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्छ ।
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...