लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म राइड आयोजना हुने

रोयल इन्फिल्डको प्रायोजनमा काठमाडौं लिजेन्ड्सले लाङटाङ राष्ट्रिय निकुञ्जसम्म एप्पल फार्म क्याम्पिङ एन्ड होम स्टे राइडको आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर १३ देखि १५ अर्थात भदौ २८ देखि ३० गते सम्म हुने सो राइडमार्फत यो क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।

एक कार्यक्रमका बिच रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल र काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवाले लगायत टिमले राइडका लागि तयार गरिएको टिसर्ट र स्टिकर सार्वजनिक गरे ।

लगभग ६० भन्दा बढी रोयल इन्फिल्ड बाइकर्सहरु सहभागी हुने सो कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समुहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने जानकारी दिइयो ।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज १९७६ मा यस क्षेत्रको विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो ।

यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ, जसमा नुवाकोट, रसुवा र सिंधुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका मनमोहक दृश्यहरू, पुराना सल्ला, धुपी र गुराँसका वनहरू छन्।

त्यस्तै यो क्षेत्रमा पबित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाईँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन । निकुञ्ज संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालु, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरू, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरूको लागि समेत प्रख्यात छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरले पनि बढायो मोटरसाइकलको मूल्य, तीन मोडलको मूल्यमा भारी रकम वृद्धि

क्रसफायरले पनि बढायो मोटरसाइकलको मूल्य, तीन मोडलको मूल्यमा भारी रकम वृद्धि

काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...