नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ भएको छ । नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले सामाजिक सञ्जामार्फत सो जानकारी दिएको हो ।

सानो ईभीको रुपमा परिचित बीएडब्लु ब्रम्बी ईभीको स्टलमा धेरै दर्शक झुम्मिएको देखिन्थ्यो । थोरै बजेट खर्च गरेर ईभी चढ्न पाइने र धेरै फिचर भएको कारण पनि यो कार धेरैले रुचाएको मान्न सकिन्छ ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

यो गाडीको मूल्य २३ लाख रुपैयाँ रहे पनि नाडा अटो शोको सन्दर्भमा भने यसको मूल्य २१ लाख ९० हजार रुपैयाँ मात्र कायम गरिएको थियो ।

सम्बन्धित समाचारहरू

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ नेपाली बजारमा उपलब्ध प्रिमियम सेग्मेन्टका इलेक्ट्रिक...

नयाँ टेक्नोलोजी, जसका कारण हुनेछ १० मिनेटमै ईभी ब्याट्री चार्ज

नयाँ टेक्नोलोजी, जसका कारण हुनेछ १० मिनेटमै ईभी ब्याट्री चार्ज

अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले विद्युतीय...

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा हुँदैछ गाडी चोरी

फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...