कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी भित्रिए । ती सबैजसो ईभीले अटो प्रेमीको ध्यान आकर्षित गर्न सफल भए पनि । तर, अटो शो हेर्न आएका दर्शकको भिडलाई नियाल्दा भने दिपलप्रति ग्राहकको रुची अझै बढिरहेको देख्न सकिन्छ । नाडामा राखिएको दिपलको स्टलमा लागेको भीडले यो ब्रान्डमा ईभी पारखीले देखाएको अत्याधिक क्रेज प्रष्ट रुपमा अनुभुती गर्न सकिन्छ ।

दिपल स्टलमा भेटिएका सेल्स प्रतिनिधिका अनुसार पाँचौं दिनसम्म आइपुग्दा ९६ वटा दिपल बुकिङ भइसकेको छ । अटो शोको पहिलो दिनदेखी नै दिपलको स्टलमा दर्शकको उपस्थिती निकै बाक्लो देखिन्थ्यो । दिपल ईभीमा खास के छ, जसका कारण यी ईभीमा अटो पारखीको आकर्षण बढ्दो छ ? दिपलमा यस्ता धेरै फिचरहरु छन्, जुन भर्खरै भित्रिएका ब्रान्डहरुमा पनि छैनन् । यी फिचरले दिपललाई नाडाको प्रिमियम हट मोडेल बनाएको छ ।

फ्लस हेन्डल, फ्रेमलेस डोर, वेलकमिङ सिटजस्ता प्रिमियम फिचरहरु अहिले प्राय सबै ब्रान्डका ईभीमा सामन्य जस्तै बनेको छ । तर, दिपलमा प्रयोग भएको सन फ्लावर टच स्क्रिन, एआर एचयुडी, जेस्चर कन्ट्रोल, इन्टेलिजेन्ट सिनेरियो मोड, हेडरेस्ट स्पिकर, आउटडोर स्पिकर, ३६० सराउन्ड भ्यु भिडियो रेकर्डिङ, ड्यास क्यामेरा, रियर सिट कन्ट्रोल जस्ता अत्याधुनिक फिचरले दिपललाई नेपालकै ‘मोस्ट फ्युचरिस्टिक’ ईभी बनाएको छ ।

दिपलमा १५.८ इन्चको इन्टरेक्टिभ सन फ्लावर टचस्क्रिन राखिएको छ । जसका कारण जसले यससँग इन्टरेक्ट गरिरहेको छ, यो टचस्क्रिन उतैतिर फर्कन्छ । त्यसैगरी, यसमा अग्मेन्डेड रियारिटी हेडअप डिस्प्ले छ । जसमार्फत गाडीको स्पिड, बाहिरको तापक्रम, थ्रि डी नेभिगेसन, ट्राफिक सिग्नल र अरु धेरै सूचना गाडीको विन्डसिल्डमा प्रोजेक्ट हुन्छ । यस विशेषताले ड्राइभिङ एक्सपिरियन्सलाई माथि उठाउनुका साथै सुरक्षा व्यवस्थालाई पनि राम्रो बनाउँछ ।

दिपल एस०७ मा पाइने अर्को नयाँ फिचर जेस्चर कन्ट्रोल पनि हो । जसलाई प्रयोगमा ल्याई इसाराबाटै गाडीलाई कमान्ड गर्न सकिन्छ । हातको इसाराबाटै पेसेन्जरले सेल्फी खिच्ने, गीत बजाउने र बन्द गर्ने, फोन उठाउने जस्ता ८ प्रकारको कमान्ड दिन सकिन्छ । यसमा बेबी केयर, नेप, स्मोक, कार वास जस्ता इन्टेलिजेन्ट सिनेरियो मोडहरु छन्, जुन टेस्ला जस्ता प्रिमियम र निकै महँगा इभीमा मात्र पाउन सकिन्छ ।

दिपलमा १४ वटा सोनी ब्रान्डका स्पिकर राखिएका छन्, जसले ड्राइभिङ एक्सपिरियन्सलाई राम्रो बनाउँछ । यसमा ड्राइभरका लागि डेडिकेटेड हेडरेस्ट स्पिकर राखिएको छ । साथै, पिकनिक र पार्टी गर्नका लागि बोनेटमा आउटडोर स्पिकर राखिएको छ । यसबाहेक ३६० डिग्री भिडियो रेकर्डिंग, ड्यास क्यामेरा, रियर सिट कन्ट्रोल पनि छ, जसको माध्यमबाट पछाडि बस्ने पेसेन्जरले सनसेड, एसीको तापक्रम र अगाडिको पेसेन्जरको सिटिङ पनि कन्ट्रोल गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

विद्युतिय सवारीसाधनका लागि छुट्टै बिमा निति बन्ने, नाडा र बिमा प्राधिकरणविच छलफल

विद्युतिय सवारीसाधनका लागि छुट्टै बिमा निति बन्ने, नाडा र बिमा प्राधिकरणविच छलफल

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु...

नाडाले सार्वजनिक ग-यो बजेट वारे आधिकारिक धारणा : धेरै असन्तुष्टि, केही अनुरोध

नाडाले सार्वजनिक ग-यो बजेट वारे आधिकारिक धारणा : धेरै असन्तुष्टि, केही अनुरोध

काठमाडौं – सरकारले सार्वजनिक गरेको नयाँ बजेटको सम्बन्धमा अटोमोबाइल...

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखराका व्यवसायीसँग ध्रुव थापा टिमको अन्तरक्रिया : अटो जोन निर्माणमा लाग्न आग्रह

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...