स्कुटरमा मोटरसाइकल जस्तो गियर किन हुँदैन? सुविधा र प्रविधिको रोचक कारण
शहरका सडकहरूमा स्कुटर सबैभन्दा धेरै प्रयोग हुने सवारी साधनमध्ये एक बनेको...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट कम्पनीहरुले समेत स्टल राखेका छन् । सवारी साधनमा प्रयोग हुने पार्ट्सको कार्यलाई सहज बनाउनका लागि प्रयोग हुने यस्ता लुब्रिकेन्ट लगायतका पार्ट्स र कम्पोनेन्टका लागि एकै स्थानमा स्टलको व्यवस्था गरिएको छ । नेपालमै बनेका र विदेशी कम्पनीका गरी विभिन्न ब्रान्डका लुब्रिकेन्टले आफ्ना उत्पादनको वारेमा अवलोकनकर्तालाई जानकारी प्रदान गरिरहेका छन् ।
नेपाली बजारमा हालै उपलब्ध नेपाल गोल्ड र भिडोल लुब्रिकेन्टको स्टल त्यहाँ रहेको छ । युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले उत्पादन गरेको यी दुई ब्रान्डका लुब्रिकेन्टको वारेमा अवलोकनकर्तालाई जानकारी प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
हालै नेपालमा उत्पादन प्रारम्भ भएको राइड तथा इनर्जी ब्याट्री समेत एसटीसी प्रालिले प्रदर्शनमा राखेको छ । नेपालमा उत्पादन हुने ब्याट्रीको वारेमा बुझ्न र अन्य जानकारी लिनका लागि यी स्टलको प्रयोग गर्न सकिन्छ ।
ग्लोब्याट ब्याट्री र पेट्रोनस लुब्रिकेन्टको कारोबार गर्दै आएको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पुरानो ब्याट्री लिएर नयाँ ब्याट्री लिने ग्राहकलाई ५५ प्रतिशत सम्म छुटमा ब्याट्री उपलब्ध गराउने बताएको छ । त्यसैगरी पेट्रोनस लुब्रिकेन्टका सबै रेन्ज अवलोकनकर्ताका लागि उपलब्ध गराएको छ ।
लिङलङ र जेके टायर तथा गुडइयर लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको डेल्टा डिष्ट्रिब्युटर्सले नेपालमा उपलब्ध विभिन्न ब्रान्डका सवारी साधनका लागि आवश्यक टायर समेत उत्पादन गर्दै आएको छ । शेर्पा लगायतका ब्रान्डमा ग्रिन टायर उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन वारेमा जानकारी दिनुका साथै निश्चित छुटको समेत व्यवस्था गरेको बताएको छ ।
गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले क्लिक, सेयर एन्ड विन अफर लागू गरेको छ । यस अनुसार स्टलको फोटो खिचेर आफ्नो फेसबुकमा पोस्ट र सेयर गरेर धेरै लाइक आउने ग्राहकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी ‘टस द रिङ इन द बोटल’ खेल अन्तर्गत बोटलमा रिङ छिराउने अवलोकनकर्तालाई गल्फको टिसर्ट पुरस्कार दिने व्यवस्था छ ।
१२५ वर्ष पुरानो कम्पनीको रुपमा जानकारी प्रदान गर्दै आएको डकह्याम्स लुब्रिकेन्टको स्टलमा पनि सबै रेन्जका लुब्रिकेन्ट राखिएका छन् । लुब्रिकेन्ट र यसको प्रयोगको वारेमा जानकारी प्रदान गर्नु अटो शोको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
स्टिलबर्डका उत्पादन उपलब्ध गराउदै आएको युनिपेट्रो इनर्जीले रबर पार्ट्स र फिल्टर लगायतका उत्पादनको प्रदर्शन गर्नुका साथै आवश्यक जानकारी प्रदान गर्दै आएको छ । टु ह्विलरका लागि आवश्यक सबै रेन्ज उपलब्ध गराएको बताउने युनिपेट्रोले आगामी दिनमा अझै बढी उत्पादन उपलब्ध गराउने बताएको छ ।
आयल ल्युब सिस्टम अर्थात ओएलएसका वर्कशप इक्विपमेन्ट र टुल्स उपलब्ध गराउदै आएको पञ्चकन्या मार्केटिङले ती उपकरण प्रदर्शन गरेको छ । अटो शोकै अवसरमा औपचारिक रुपमा ती उपकरण नेपाली बजारमा लन्च गरेको पञ्चकन्या मार्केटिङले अवलोकनकर्तालाई ती उपकरणका वारेमा जानकारी प्रदान गरिरहेको छ ।
नेपाली बजारमा लामो समय देखि एटीएस एल्गीका वर्कशप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालिले ती इक्विपमेन्टका साथै फायर एक्सटिंग्विसर र अन्य विभिन्न इक्विपमेन्टको वारेमा समेत जानकारी प्रदान गरिरहेको छ । हिट्को नाडा अटो शो २०२४ को फायर सेफ्टी सपोर्टर समेत हो ।
यी वाहेक अन्य प्रशस्तै ब्रान्डका पार्ट्स लगायतका उपकरण प्रदर्शनी स्थलमा रहेका छन् ।
शहरका सडकहरूमा स्कुटर सबैभन्दा धेरै प्रयोग हुने सवारी साधनमध्ये एक बनेको...
काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता...
सवारी साधन प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। साथै समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...