फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

काठमाडौं – विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपालमा यो अवसरलाई नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको छ ।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो।

कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिएका थिए ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नेपालमा फोटोनका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ ।

फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

चितवन अटो शोमा फोटोनको विशेष अफर

चितवन अटो शोमा फोटोनको विशेष अफर

काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...