नाडा अटो शो २०२४ मा केईका ३ मोडल सार्वजनिक

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी ले नाडा अटो शो २०२४ को पहिलो दिन आफ्नो स्टलबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत आफ्नो ३ वटा मोडल सार्वजनिक गर्दै बुकिङ खुल्लाएको छ । यी तीन मोडल ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी रहेका छन् ।

ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसमा २०० किलोमिटर रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० किलोमिटर भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी ई–क्युट ०४ ३०० कि.मी रेन्जको मूल्य २४ लाख ९६ हजार छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभी डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

नाडा अटो शो स्पेसल अफर अन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७।३ किलोवाटको वाल माउन्टेड चार्जर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?

काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

भदौ मसान्त सम्मको तथ्यांक : गत वर्ष भन्दा करिव ३ गुणा बढी विद्युतीय सवारी भित्रिए नेपाल

काठमाडौं – चालु आर्थिक वर्षको भदौ मसान्त सम्ममा गत आर्थिक वर्षको सोही...

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...