नाडा अटो शो २०२४ मा अर्को नयाँ ईभी सार्वजनिक गर्ने एमएडब्लु वृद्धिको संकेत

काठमाडौं - प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली इभीप्रेमीको रोजाइमा पर्न सफल प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ पछि नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शो २०२४ मा दिपल एल०७ इलेक्ट्रिक सेडान सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तथापि एमएडब्लु वृद्धिले दिपल एल०७ बाहेक अर्को नयाँ ईभी मोडल समेत प्रदर्शन गर्ने संकेत दिएको छ ।

दिपल एल०७ ले एस०७ले स्थापित गरेको ड्राइभिङ अनुभवको मापदण्डलाई अझै माथि पुर्याउने विश्वास चांगानले लिएको छ । अघिल्लो सिब्लिङमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरुका साथै ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिन्छ । चांगान नेपालले यो इलेक्ट्रिक सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ ।

यद्यपि एमएडब्लु वृद्धि अटोकर्पले एल०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन । ‘एमएडब्लु वृद्धिले ल्याउने यो नयाँ ईभीले ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्नेछ । यसले आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ एमएडब्लु वृद्धिको व्यवस्थापन भन्छ, ‘अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउनेछ जहाँ ड्राइभिङ एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रुपको अनुभव पनि हुनेछ ।’

एमएडब्लु वृद्धिले यो ‘गोप्य मोडल’लाई नाडा अटो शो २०२४ को पहिलो दिन सार्वजनिक गर्नेछ । ‘यो ईभीले एस०७ को नविनता र सफलतालाई पार गर्नेछ वा नयाँ स्थान सिर्जना गर्नेछ ? यसको जवाफ नाडा अटो शो २०२४ को पहिलो दिन मिल्नेछ ।’ कम्पनी स्रोतले अगाडि भनेको छ ।

१६२ वर्ष लामो विरासत बोकेको ग्लोबल अटोमोटिभ लिडर चांगान वृहत अनुभव र नवीनतम प्रविधिप्रति सदा प्रतिबद्ध छ । विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री प्रयोग भएको दिपलका ईभीले अद्वितीय रेन्ज, विश्वसनियता र प्रदर्शन प्रत्याभूत गर्छ ।

चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको प्रविधि प्रयोग भएको दिपल ईभीले मानव र मेसिनबीच अखण्ड सञ्चार स्थापित गर्न मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

इलेक्ट्रिक स्टार्ट अप कम्पनी रिभरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर इन्डि...

पोखरामा एवोन र एक्सपेङ सहित सीजी मोटर्सको मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प

पोखरामा एवोन र एक्सपेङ सहित सीजी मोटर्सको मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प

पोखरा – नेपालका लागि एवोन र एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...