इलेक्ट्रिक गाडीको कारोबारमा लक्ष्मी ग्रुपको अर्को पहल, नाईमा एक्सपोमार्फत फरथिङ ब्रान्ड लन्च गर्दै
काठमाडौं — नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने बीएडब्लुको ब्रम्बी ईभीको मूल्य २३ लाख रुपैयाँ हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले सो ईभीको मूल्य सार्वजनिक गरेको छ ।
बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।
होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।
सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।
यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।
भदौ दोस्रो सातामा यो कार सार्वजनिक हुने र सम्भवतः नाडा अटो शो २०२४ मा समेत यसलाई अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ ।
काठमाडौं — नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान...
काठमाडौँ – सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ का विभिन्न भेरिएन्ट मध्ये...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...