नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल भित्रिने भएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा नेपाल नेसनल ट्रेड इंकले यी स्कुटर उपलब्ध गराउने बताएको छ ।

थ्रीएन ब्रान्डका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछन् । एमक्यु, जेडएल–७, एच८–२, एच८–३, एन७–क्यु र सी९ स्कुटर र एम५ र फेइइङ मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछन् ।

जेल र लिथियम आयोन ब्याट्री अप्सनमा उपलब्ध हुने यी सवारी साधनमा ई–एबीएस सिस्टम रहेको छ । यसमा टेक्नोलोजिकल एस्थेटिक्स, युथफुल एपियरेन्स र स्टाइलिङ राइडको सुविधा छ ।

सिटमा इलेक्ट्रोनिक स्याडल लक, फ्रन्ट तथा रियर सक एब्जर्बर, स्मार्ट हेडलक, इन्टेलिजेन्ट सेक्युरिटी तथा अलार्म, रिभर्स फङसन, रिमोट तथा मेकानिकल कि लगायतका सुविधा रहेका छन् ।

यी स्कुटर तथा मोटरसाइकलको मूल्य ५५ हजार देखि ३ लाख रुपैयाँ सम्म तोकिएको छ । नेपाली बजारमा उपलब्ध अन्य इलेक्ट्रिक स्कुटर भन्दा फरक पहिचान भएको र विभिन्न सुविधायुक्त भएकाले नेपाली बजारमा यसले धेरैको ध्यान तान्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरा – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी...

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

१२ सय किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक, सेनाका लागि उपयोगी हुने

ओभरल्यान्ड–ईले हालै नयाँ इलेक्ट्रिक कार जेनेरेसन–२ सार्वजनिक गरेको छ । यो...

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

काठामाडौं–आईकार भी२३ को नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...