सवारी साधनको लागि राम्रो विकल्प हाइड्रोजन फ्युल सेल, यसले कसरी काम गर्छ ?

हाइड्रोजन ब्रह्माण्डमा प्रचुर मात्रामा पाइने तत्व हो । यो रंगहीन, गन्धहीन र स्वादहीन ग्यास हो । हाइड्रोजन फ्युलमा हाइड्रोजन ग्यास इन्धनको रूपमा प्रयोग गरिन्छ। हाइड्रोजनलाई अक्सिजनसँग मिसाएर जलाउँदा पानी र ऊर्जा उत्पादन हुन्छ । यस प्रक्रियामा हानिकारक ग्याँस उत्पादन हुँदैन, त्यसैले यसलाई सफा इन्धन मानिन्छ । यो प्रविधि परम्परागत पेट्रोल वा डिजेल भन्दा बढी पर्यावरण अनुकूल मानिन्छ।

हाइड्रोजन फ्युल सेल भनेको रासायनिक प्रतिक्रिया मार्फत हाइड्रोजन र अक्सिजन मिसाएर बिजुली उत्पादन गर्ने यन्त्र हो । यस प्रक्रियामा पानी र गर्मी मात्र उत्पादन हुन्छ, जसले यस प्रविधिलाई प्रदूषण-मुक्त बनाउँछ । हाइड्रोजनमा चल्ने कुनै पनि कार वा दुई पाङ्ग्रे सवारीमा हाइड्रोजन ट्याङ्की हुन्छ, जसमा उच्च दबाबमा कम्प्रेस्ड हाइड्रोजन ग्यासले भरिएको हुन्छ ।

त्यसपछि हाइड्रोजन ट्याङ्कीबाट हाइड्रोजन ग्यास फ्युल सेल स्ट्याकमा प्रवेश गर्छ । स्ट्याकमा धेरै इलेक्ट्रोड हुन्छ जसमा रासायनिक प्रतिक्रिया हुन्छ। वायुमण्डलबाट अक्सिजन पनि फ्युल सेल स्ट्याकमा प्रवेश गर्छ। हाइड्रोजन र अक्सिजन बीचको रासायनिक प्रतिक्रिया पछि इलेक्ट्रोन उत्पादन हुन्छ । यी इलेक्ट्रोनहरू बाह्य सर्किटबाट गएर मोटरलाई शक्ति प्रदान गर्छ ।

हाइड्रोजन फ्युल सेलमा चल्ने सवारी साधनहरूले कुनै पनि हानिकारक ग्याँस उत्पादन गर्दैन। हाइड्रोजन फ्युल सेलबाट सञ्चालित सवारी साधनहरु पेट्रोल र डिजेल कार भन्दा बढी एफिसिएन्ट हुन्छ साथै यसले बढी आवाज पनि निकाल्दैन । भविष्यमा स्वच्छ र दिगो यातायातको लागि हाइड्रोजन फ्युल सेल प्रविधि एक राम्रो विकल्प हुन सक्छ । यद्यपि अझै पनि हाइड्रोजन उत्पादन र हाइड्रोजन पूर्वाधारको अभावसँगै उच्च लागत जस्ता चुनौतीहरु छन् ।

सम्बन्धित समाचारहरू

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं – नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस...

साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने

साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने

सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...