सार्वजनिक सवारीमा सीसीटीभी राख्न सरकारको निर्देशन, यस्ता छन् अन्य निर्देशन

काठमाडौं- सरकारले सबै सार्वजनिक सवारीमा सीसीटीभी जडान गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशन दिएको छ। सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न पनि पत्राचार गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ११ बुदे निर्देशन दिइएको छ ।

११  बुँदे निर्देशनमा लेखिएको छ:

  • यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउने ।
  • अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न, यात्रुको परिचय खुल्ने कागजात लिएरमात्र यात्रा गर्ने कार्यलाई व्यवहारमा उतार्ने ।
  • मन्त्रालयले लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीले कम्तीमा २ जना चालक राख्ने व्यवस्थाको पालना गर्न । चालक तथा सहचालकको लागि पोशाक तथा परिचयपत्रको व्यवस्था गर्न ।
  • टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।
  • मन्त्रालयले सबै चालक तथा सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब तथा ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था गर्न ।
  • शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरलाई प्रशिक्षित गर्ने व्यवस्था गर्ने ।
  • यातायात व्यवसायी तथा मजदुरको आचार संहिता बनाई लागू गर्ने निर्देशन दिइएको छ।
  • चालकलाई सुरक्षित ड्राइभिङ सम्बन्धी नियमित रुपमा तालिम दिने।
  • ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्ने ।
  • मुलुकभर चल्ने सवारी साधानको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने ।
  • सवारी साधनको नियमित मर्मत सम्भार,जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

असार २८ गते नारायणगढ-मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका–२९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो। त्यसै सुझावअनुसार मन्त्रालयले यातायात व्यवसायीलाई ११ बुँदे निर्देशन दिएको हो।

सम्बन्धित समाचारहरू

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

म्याग्दी- पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित...

नारायणगढ–बुटवल सडकः सकिन लाग्यो तेस्रो पटकको म्याद, प्रगति ६९ प्रतिशत मात्रै

नारायणगढ–बुटवल सडकः सकिन लाग्यो तेस्रो पटकको म्याद, प्रगति ६९ प्रतिशत मात्रै

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...